दार्जिलिङ्गको मन्त्र व्याण्डले दमौलीमा नयाँ वर्षलाई स्वागत गर्ने: मन्त्रको नेपालमा दोस्रो पटक सांगितिक प्रस्तुति हुदै

दार्जिलिङ्गको मन्त्र व्याण्डले दमौलीमा नयाँ वर्षलाई स्वागत गर्ने: मन्त्रको नेपालमा दोस्रो पटक सांगितिक प्रस्तुति हुदै

New Year 2019 Mantra Band

तनहुँ । अंग्रेजी नयाँ वर्ष २०१९ लाई दमौलीबाट सांगितिक व्याण्ड मन्त्रले स्वागत गर्ने भएको छ । लायन्स क्लव अफ तनहुँ दमौलीको आयोजनामा पुस १६ गते न्यू इयर २०१९ इभ मार्फत मन्त्र व्याण्डले दमौलीमा नयाँ वर्ष लाई स्वागत गर्ने भएको हो ।

‘हिमाली नेपाली’, ‘बिर्सेको छैनौ हामी’, ‘सधै सधै’ लगायतका चर्चित गीतहरू बजारमा ल्याईसकेको मन्त्र व्याण्डले नेपालमा दाेस्रो पटक सांगितिक प्रस्तुती प्रस्तुत गर्न लागेको लायन्स क्लव अफ तनहुँ दमौलीका सचिव बिपीन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा गायक रामजी खाँण, गायिका माण्डवि त्रिपाठी, गायक घनश्याम रिजाल, गायिका शाेभा त्रिपाठी संगै स्थानीय तथा राष्ट्रिय कलाकारको सांगितिक प्रस्तुती रहने आयाेजकले जनाएको छ । मन्त्र ब्यान्डको २०औं वार्षिकोत्सवको सुरुवात दमौलीबाट नै गर्ने भएको छ ।

अंग्रेजी नयाँ बर्ष मनाउन युवापुस्ता पोखरा जाने बाध्यतालाई तोड्न दमौलीमा नै नयाँ वर्षको अबसरमा कार्यक्रमको आयोजना गर्न लागिएको लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले जानकारी दिए । सांगितिक कार्यक्रम संगै कार्यक्रम स्थल परिसरमा विभिन्न खानाका स्टलहरू समेत रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई विशेष बनाउने तयारीका साथ क्लवले काम गरिरहेको लायन्स क्लव अफ तनहुँ दमौलीका द्धितीय उपाध्यक्ष राजु रानाले बताए । दमौलीको खुल्ला मैदानमा पुस १६ गते दिउँसोदेखी शुरू हुने कार्यक्रम राती नयाँ वर्ष २०१९ लाई स्वागत गर्दै समापन गरिने आयोजकले जनाएको छ ।

(हेर्नुहोस भिडियो)
मन्त्र ब्याण्डको भोकल भास्कर देवान र लिड गिटारिस्ट प्रग्या लामा भिडियो मार्फत दमौलीको नयाँ वर्ष २०१९ महा-उत्सवमा सहभागी हुन निमन्त्रणा गर्दै !

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ