तनहुँ । अंग्रेजी नयाँ वर्ष २०१९ लाई दमौलीबाट सांगितिक व्याण्ड मन्त्रले स्वागत गर्ने भएको छ । लायन्स क्लव अफ तनहुँ दमौलीको आयोजनामा पुस १६ गते न्यू इयर २०१९ इभ मार्फत मन्त्र व्याण्डले दमौलीमा नयाँ वर्ष लाई स्वागत गर्ने भएको हो ।
‘हिमाली नेपाली’, ‘बिर्सेको छैनौ हामी’, ‘सधै सधै’ लगायतका चर्चित गीतहरू बजारमा ल्याईसकेको मन्त्र व्याण्डले नेपालमा दाेस्रो पटक सांगितिक प्रस्तुती प्रस्तुत गर्न लागेको लायन्स क्लव अफ तनहुँ दमौलीका सचिव बिपीन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा गायक रामजी खाँण, गायिका माण्डवि त्रिपाठी, गायक घनश्याम रिजाल, गायिका शाेभा त्रिपाठी संगै स्थानीय तथा राष्ट्रिय कलाकारको सांगितिक प्रस्तुती रहने आयाेजकले जनाएको छ । मन्त्र ब्यान्डको २०औं वार्षिकोत्सवको सुरुवात दमौलीबाट नै गर्ने भएको छ ।

अंग्रेजी नयाँ बर्ष मनाउन युवापुस्ता पोखरा जाने बाध्यतालाई तोड्न दमौलीमा नै नयाँ वर्षको अबसरमा कार्यक्रमको आयोजना गर्न लागिएको लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले जानकारी दिए । सांगितिक कार्यक्रम संगै कार्यक्रम स्थल परिसरमा विभिन्न खानाका स्टलहरू समेत रहने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई विशेष बनाउने तयारीका साथ क्लवले काम गरिरहेको लायन्स क्लव अफ तनहुँ दमौलीका द्धितीय उपाध्यक्ष राजु रानाले बताए । दमौलीको खुल्ला मैदानमा पुस १६ गते दिउँसोदेखी शुरू हुने कार्यक्रम राती नयाँ वर्ष २०१९ लाई स्वागत गर्दै समापन गरिने आयोजकले जनाएको छ ।
(हेर्नुहोस भिडियो)
मन्त्र ब्याण्डको भोकल भास्कर देवान र लिड गिटारिस्ट प्रग्या लामा भिडियो मार्फत दमौलीको नयाँ वर्ष २०१९ महा-उत्सवमा सहभागी हुन निमन्त्रणा गर्दै !
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण