तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ बोर्धन सेरामा रोट्रयाक्ट क्लबले शैक्षिक सामाग्री वितरण गरेको छ । रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ मनोहराले संयुक्त रुपमा जाडोमा विद्यार्थीलाई स्विटर र झोला संगै शैक्षिक सामाग्री वितरण गरेको हो ।

सेराको श्री तातोपानि प्राथमिक विद्यालयका २६ जना विद्यार्थीहरु लाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो ।रोट्रयाक्ट क्लब अफ दमौलीले आफ्नो ट्विन क्लब रोट्रयाक्ट क्लब अफ मनोहरा संग पहिलो पटक कार्यक्रम गरेको रोट्रयाक्ट क्लब अफ दमौलीका सचिव एवं कार्यक्रमका संयोजक सुशान्त अधिकारीले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका २६ जना विद्यार्थीहरु लाई स्विटर, झोला र स्टेशनरी सामाग्री वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ मनोहराका अध्यक्ष बिपेन्द्र बस्नेतले संयुक्त रुपमा गरेका थिए ।
उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष शिखर लाल डोटेल, रोट्रयाक्ट क्लब अफ मनोहराका निवर्तमान अध्यक्ष विकास खड्का, विद्यालयकी प्राधानाध्यापक शान्ता देवी सेढाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर आले, पिटिएका अध्यक्ष डिल बहादुर रिमाल आदिले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए ।
सदरमुकाम दमौली नजिक भएपनि आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका पढ्ने विद्यालय भएकोले उक्त शैक्षिक सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।
स्वार्थ भन्दा माथि सेवा भन्ने नाराका साथ रोट्रयाक्ट क्लब अफ दमौली र मनोहराले संयुक्त रुपमा जाडोमा विद्यार्थीलाई स्विटर र झोला वितरण गरेको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठले बताए । कार्यक्रममा स्वागत क्लबका आगामि वर्षका अध्यक्ष मनोज राउतले गरेका थिए भने संचालन क्लबका कोषाध्यक्ष राज श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’