पोखरा, १८ पुस । जेसिआइ पोखरा र जेसिआइ पोखरा लेडिको संयुक्त पदस्थापन गरिएको छ । पोखरामा भएको संयुक्त पदस्थापन कार्यक्रममा पोखरा जेसिज २०१८ शिव सुवेदीले २०१९ का अध्यक्ष सन्तोष शाहीलाई र पोखरा लेडि २०१८ का अध्यक्ष सन्तु पौडेलले २०१९ का अध्यक्ष सपना गिरीलाई पिन चेन हस्तान्तरण तथा शपथ ग्रहण गराएका हुन् । सोही क्रममा २०१९ का अध्यक्षद्धय सन्तोष शाही र सपना गिरीले सञ्चालक समितिलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०१९ का अध्यक्ष महेश पौडेलले पोखरा महानगरपालिका वडा नं. २१ का कृष्तिका शिवप्रसाद भुजेललाई नगद १५ हजार ५ सय ५५ रुपैँया हस्तान्तरण गरेर उद्घाटन गरे । आर्थिक अवस्था कमजोर भएका भुजेलको खुट्टामा भएको घाउको कारणले खुट्टा काट्नु परेको हुदाँ उपचारको लागि उक्त रकम हस्तान्तरण गरिएको हो । उद्घाटन गर्दै कार्यक्रमका पुराना तालिमहरुका सिकाइलाइ पुनर्जागरण गर्नुपर्नेमा जोड दिए । उनले नेतृत्व र ब्यक्तित्व विकाससंगै अब युवाहरु व्यवसायिक बन्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल जेसिज २०१९ का कोषाध्यक्ष सुजन श्रेष्ठ, क्षेत्र ख का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, निरुपित राष्ट्रीय उपाध्यक्ष गोकुल सापकोटा, पोखरा लेडिका पुर्ब अध्यक्ष संगीता पौडेल, पोखरा जेसिजका पुर्ब अध्यक्ष प्रदिप रन्जित, इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रबिन पोख्रेल र अमिश ढकाल, विभिन्न शाखाका अध्यक्ष तथा जेसिज सदस्य तथा पोखरा जेसिज र पोखरा लेडि जेसिजका पुर्व अध्यक्षहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

सोही अवसरमा १८ देखि ४० बर्ष भित्रका युवाहरुको संस्था पोखरा जेसिजका ४० बर्ष कटेका जेसिज सदस्यहरुलाइ अवकास पत्र प्रदान गरिएको थियो । अवकास पत्र प्राप्त गर्ने सदस्यहरु शंकर ढुङ्गाना, बिशेश्वर आचार्य, धर्मराज पन्थी, बद्रीनाथ आचार्य र तिलकराम पौडेल रहेका छन् ।
पद तथा सपथ ग्रहण गरेका पोखरा जेसिजका अध्यक्ष सन्तोष शाही र लेडिका अध्यक्ष सपना गिरीले बर्षभरी साथ र सहयोगको अपेक्षा गर्दै बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । पोखरा जेसिज २०१९ का अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन सपना गिरी, स्वागत प्रकाश घिमिरेले गरेका थिए । कार्यक्रम सञ्चालन पोखरा जेसिज २०१९ का महासचिब शक्ति बरुवाल र लेडिका सचिव लक्ष्मी अधिकारिले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु