पोखरा । पोखराको पृथ्वीचोक नजिकै रहेको चरक मेमोरियल हस्पिटल प्रालिमा कार्यरत डा.ऋषिराम ढकाल सञ्चालकबाट कुटिएका छन् ।
अस्पतालका सेयर सदस्यहरु रामचन्द्र रेग्मीले बुधबार जनरल सर्जन डा ढकाललाई कुटेका हुन् । डा. ऋषिरामलाई कुटेको अभियोगमा बुधबार रामचन्द्र रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।
अस्पताल भित्रकै कुरा हो हामी मिलिसके भने पछि छाडेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले बताए । संस्थाको बैठक बसी कुरा मिलाउने दुवै पक्षले प्रतिवद्धता जनाएकाले बिहीबार बिहान उनीहरुलाई छाडिएको बताए । पोखराको नागढुंगामा अत्याधुनिक भवन बनाइरहेको चरकमा केही महिनादेखि सञ्चालकहरुबीच विवाद छ ।
बुधबार पार्किङको बाहानामा डा. ढकाललाई पिटिए पनि मुख्य कारण भने अरु नै रहेको स्रोत बनाउँछ । चरकमा रामचन्द्रले फार्मेसी, कपिल पोखरेलले ल्याब सञ्चालन गरिरहेका छन् । नयाँ भवनमा अस्पताल सरेपछि फार्मेसी, ल्याब, एक्सरे आदि अस्पतालले नै सञ्चालन गर्नुपर्ने पक्षमा अस्पतालका ११ सञ्चालक छन् ।
रामचन्द्र, कपिल र डा. बद्रि पौडेल भने अहिलेकै सञ्चालकहरुलाई ल्याब, एक्सरे, फार्मेसी सञ्चालन गर्न दिनुपर्ने पक्षमा छन् । ल्याब, फार्मेसी, एक्सरे आदिबाट हुने ठूलो कमाइमा कुरा नमिल्दा यो घटना भएको हो ।
अस्पतालका अध्यक्ष जगन्नाथ गौतमले परिवार भित्र कै छलफल भएको बताए । उनले बिहीबार बोड बैठक राखेर समस्याको समाधान निकाल्न लागेको बताए ।
हालै भएको अस्पतालको विशेष साधारणसभामा सञ्चालकहरु बिभाजित भएपछि जगन्नाथ गौतम अध्यक्ष चुनिएका थिए । यसअघि डा. बद्रि पौडेल अस्पतालका अध्यक्ष थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा