पर्यटकीय सहर पोखराको केन्द्रस्थल लेकसाइड प्रवेश गर्ने मार्ग आकर्षक बनाउन थालिएको छ । सबै खालका पर्यटक र स्थानीयलाई सडकयात्रा सहज र रमाइलो बनाउने गरी सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले सडक निर्माण थालेको हो । सो सडक निर्माणको जिम्मेवारी बिरुवा सिम्रन जेबीले पाएको छ । नयाँ पत्रिकाका लागि पोखराबाट पत्रकार गोविन्द सुवेदीले न्यूज लेखेका छन् ।
निर्माण कम्पनीले लेकसाइड प्रवेश मार्गको बिरौटा, मुस्ताङचोक र रत्नचोकबाट राष्ट्रबैंकचोक हुँदै सहिदचोकसम्म साइकल ट्र्याक, फुटट्र्याक र पोखराको ढल थेग्ने गरी नाला निर्माण गरिरहेको जनाएको छ । यस्तै, ड्यामसाइडदेखि रत्नचोक, ड्यामसाइदेखि बिरौटा र सहिदचोकदेखि मुस्ताङचोक गरी सडक सौन्दर्यकरणलाई तीन खण्डमा विभाजन गरेको निर्माण कम्पनीका प्रमुख बलबहादुर रानाले बताए । गुणस्तरीय निर्माण र काम समयमै सम्पन्न गराउन सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले निगरानी गरिरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सूर्यप्रसाद बरालले जानकारी दिए ।
साढे दुई किलोमिटर क्षेत्रको सो सडकको सौन्दर्य बढाउन बिरुवा सिम्रन जेबीले ७ करोड २० लाख ३ हजार ३ सय दुई रुपैयाँमा ठेक्का लिएको थियो । आगामी ६ असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी २ असार ०७४ मा सम्झौता भई काम सुरु भएको हो । हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको निर्माण कम्पनीको दाबी छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले निर्माता कम्पनीलाई अहिलेसम्म ३ किस्तामा जम्मा ३ करोड ९८ लाख ९७ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी दिएको आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी बरालले जानकारी दिए ।
यस्तो बन्नेछ संरचना
सहिदचोकदेखि मुस्ताङचोकसम्म ड्रेन (नाला) र त्यसमाथि १ दशमलब ५ मिटर चौडा साइकल ट्र्याक बनेको छ । ट्र्याकमा मार्बलजस्तै देखिने एउटै साइजका ढुंगा छापिएको छ । यसैगरी, १ दशमलव २५ मिटर चौडा फुटपाथ बनाइएको छ । त्यसमा पनि सामान्य मार्बलजस्तो देखिने ढुंगा छापिएको छ । यसमा २ सय ५० मिटर लामो रिटेनिङ वाल लगाइनेछ । १२ वटा सोलार लाइट जोडिने र ८० वटा बिरुवा रोपिने निर्माण कम्पनीले जनाएको छ ।
४ सय ४० मिटर लम्बाइमा यी संरचना बन्ने छन् । यसैगरी ड्यामसाईड देखि रत्नचोकसम्म मा सोइढंगले १३ सय मिटर लामो साइकल ट्रयाक र फुटपाथ बन्दैछ । २० थान सोलार बत्ती र २ सय वटा विरुवा उक्त स्थानमा रोकिने छन् । यसैगरी ड्यामसाईड देखि विरौटासम्म ८ सय ३४ मिटर लम्बाईमा साइकल ट्रयाक, डे«न र त्यसमाथि स्ल्याव राखेर फुटपाथ निर्माण गरिने छ । उक्त स्थानमा १ सय ६६ वटा विरुवा रोपिने छ भने, १५ थान सोलार बत्ति जोडिने छ । हरेक ५÷५ मिटरको फरकमा असोका र कपुर लगायतका विरुवा रोप्ने सम्झौता भएको ईन्जिनियर बरालले जानकारी दिए । ठेकेदार कम्पनीको काम प्रति कार्यालय सन्तुष्ट रहेको र यहिढंगले काम भए तोकिएकै समयभित्रै काम सम्पन्न हुने उनले बताए ।
सम्बन्धित खबर
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर