पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले आफ्नो सम्पूर्ण तलव भत्ता सामाजिक कार्यमा खर्चिएका छन् ।
प्रदेश सांसद पहारीले पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वापतको ११ महिनाको तलव सामाजिक कार्यमा खर्चिएको भन्दै त्यसको विवरण सार्वजनिक गरेका हुन् । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चलिरहँदा सांसद पहारीले भने आफूले राज्यबाट सांसदबाट पाउने सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरेका हुन् ।
सांसद पहारीले ११ महिनामा आफूले सांसद बापत प्राप्त गर्ने मध्ये प्रशासनिक खर्च कटाएर ४ लाख ५० हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको उनले जानकारी दिए । पहारी गत वर्ष सम्पन्न प्रदेश सभाको चुनावमा तत्कालिन बाम गठवन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं ख बाट निर्वाचित भएका थिए ।
पहारीले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाईपको लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई ८० हजार, वलात्कारपछी हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी संघलाई २३ हजार मूल्य बराबरको युरोगार्ड सहयोग गरेको जानकारी दिए । उनले पत्रकार महासंघ कास्कीलाईसमेत युरोगार्ड प्रदान गर्ने जानकारी दिए ।
त्यस्तै, पहारीले शनिबार सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभुत, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सृजना सामुदायीक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशिल मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड सम्वन्धित विद्यालयका व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरे । सांसद पहारीले फेवाताल संरक्षणका लागि वडा विकास समितिलाई ८० हजार र विभिन्न आमा समूहलाई ४० हजार सहयोग गरेको जानकारी दिए ।
सांसद पहारीले आफूले चुनावताका घोषणा गरेको प्रतिबद्धता अनुरुप सम्पूर्ण तलव सामाजिक कार्यमा खर्च गरेको बताए । उनले आगामी दिनमा पनि आफूले प्राप्त गर्ने सम्पूर्ण तलब सामाजिक कार्यमै खर्चिने घोषणा गरे ।
सरकारी विद्यालयमा आधुनिककता भित्रिनेगरी पूर्वाधार भएपनि स्वच्छ पिउने पानीको अभावमा विद्यार्र्थीहरु बिरामी पर्ने अवस्थाको अन्त्यका लागि आफूले युरोगार्ड प्रदान गरेको सांसद पहारीले प्रष्ट्याए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ