कमला राना, नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर ११ मा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज सोमबार विहान सवा २ बजेको समयमा सुर्खेतबाट काठमाण्डौका लागी छुटेको ना ५ ख ४६९६ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रीत भइ पल्टदाँ बसमा सवार २३ जना यात्रु घाइते भएका हुन् ।
घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जाजरकोटका शिवालय गाउँपालिका–९ का बिमल शाही, कालिकोटका पर्याक शाही, सुर्खेत सिम्ता २ बम अस्मिता मल्ल, सुर्खेत चोल्पाका अर्जुन मल्ल, दैलेख चामुण्डा–३ का होमप्रसाद रेग्मी, निशा शर्मा, सुर्खेत रानछिङका बुद्धिहरि कार्की, जुम्ला तिलाका ललिता रावत, कलसे राउत, मनि राउत, टोपबहादुर कार्की, कालिकोट मान्मका धर्मबहादुर शाही, लुमा बोहोरा, सुर्खेत वीरेन्द्रनगर–१६ का भुपेन्द्र बिरकट्टा, कमल मल्ल, कालिकोटका बिमला बम, दैलेखका टोपबहादुर रावल, जुम्लाका मैना बुढा कार्की, एन्डी कार्की, दैलेखकी रामा खत्री, जुम्लाका नन्दप्रसाद देवकोटा, धर्मा देवकोटा र सुर्खेत पञ्चपुरी–८ सुरेन्द्रराज गिरी रहेको र हाल भरतपुर पुरानो मेडीकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनार प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
यो पनि पढौँ
कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना