किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ स्थित ऐतिहासिक ठाँउ तनहुँसुरमा विदेशी विद्यार्थीहरुको टोलिले अवलोकन गरेका छन । अमेरिकाको भर्जिनियाको भर्जिनिया युनिभर्सिटीमा कानुन विषय अध्यन गरिरहेका अमेरिकी विद्यार्थीहरुले तनहुँसुरको अध्यन गरेका हुन ।

अमेरीका स्थित भर्जिनिया विश्वविद्यालय, स्कुल अफ ल का प्रोफेसर क्यामिलो सान्चेजको नेतृत्वमा आएको उक्त अवलोकन कार्यक्रममा युनिभर्सिटीका प्रोफेसर सहित २१ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संयोजन रोटरी क्लबका संस्थापक अध्यक्ष एवं पुर्व सांसद रामचन्द्र पोख्रेलले गरेका थिए । पोख्रेलले तनहुँसुरको इतिहास बारे उक्त टोलि लाई बताएका थिए ।

सो अवसरमा रोटरी क्लब अफ दमौलीले युनिभर्सिटीका प्रोफेसर सहित विद्यार्थीको टिम लाई रोटरीको टोपी, झण्डा र किताब दिएको थियोे । रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले अमेरिकी कानुनका विद्यार्थी लाई आफ्नो ठाँउ अझै ऐतिहासिक स्थानमा ल्याउन पाउदा खुशी लागेको बताए ।

अबिर र माला सहित गाउँले आमा समुहको मुस्कान सहित न्यानो स्वागतले विद्यार्थी टोलि निकै हर्षित थिए । गौरवशालि आमा समुह, प्रतिभाशालि आमा समुह र सहिद सन्तचन्द्र टोल विकास संस्था लगाएतले स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्ष हरिराम श्रेष्ठ, रामनाथ भट्टराई, क्लबका अब हुनेवाला अध्यक्ष सुर्ज कुमार मल्ल, बिन्दु थापा मगर लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम तनहुँसुर पर्यटन भवनमा सम्पन्न भएको थियो । उक्त टोलिले दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा समेत आइतबार बिहान अन्तरक्रिया गरेको समुन्द्र गोदारले जानकारी दिए ।
भानुभक्त क्याम्पस र भर्जिनिया विश्वविद्यालय बीच अन्तरकिया
तनहुँको दमौली स्थित आदिकवी भानुभक्त क्याम्पस र भर्जिनिया विश्वविद्यालय बीच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको निमन्त्रणमा अमेरीका स्थित भर्जिनिया विश्वविद्यालय, स्कुल अफ ल का प्रोफेसर क्यामिलो सान्चेजको नेतृत्वमा आएको प्राध्यापक तथा विद्यार्थीहरुको १८ जनाको समूह र आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति, प्राध्यापक, विद्यार्थीहरुको समूह बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा संबिधान सभाका सदस्य एवं क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष रामचन्द्र पोख्रेलले अन्तरक्रिया कार्यक्रमले दुई संस्था बीच सम्बन्ध कायम गर्न र दुई देश बीचको सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण कडी बन्ने विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रमा बोल्दै अमेरीका स्थित भर्जिनिया विश्वविद्यालय, स्कुल अफ ल का प्रोफेसर क्यामिलो सान्चेजले यो अन्तरक्रिया कार्यक्रमले दुइ संस्थाबीच अनुभव आदानप्रदानमा टेवा मिल्नुका साथै यही क्रम भविष्यमा पनि जारी रहने बताएका थिए । दुई संस्थाका बीच संस्थागत रुपमा विद्यार्थीहरू आदानप्रदान कार्यक्रम अगाडी बढाउन पहल गरिने पनि उनको भनाइ थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आदिकवि भानुभक्त क्याम्पसको परिचय गराएका थिए भने क्याम्पस संञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले स्वागत गरेका थिए ।
त्यसैबीच व्यवस्थापन संकायमा कानुन बिषयको अध्ययन अध्यापन पद्धति र महत्वको बारेमा सहायक प्राध्यापक विमल गिरीले जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा व्यास नगरपालिका प्रथम मेयर एवं क्याम्पस सञ्चालक समितिका सल्लाहकार ताराप्रसाद श्रेष्ठ, नेकपाका केन्द्रिय सदस्य प्रताप लाल श्रेष्ठ, क्याम्पस संञ्चालक समितिका निवर्तमान अध्यक्ष समुन्द्र गोदार, जिल्ला समन्वय समितिका सदस्य केश बहादुर सुनार, व्यास नगरपालिका वडा नं २ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, क्याम्पस संञ्चाल समितिका सदस्य अतिन्द्र केशरी न्यौपाने र संञ्चालक समितिका सम्पुर्ण सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा शिक्षकका तर्फबाट सागर पौडेल र बिद्यार्थीका तर्फबाट राजेश श्रेष्ठ, साजन थापा, विशाल बस्नेतले जिज्ञासा राखेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्