तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान सम्बन्धि कसुर मुद्धाका योजनाकार सहित २ जना लाई ८ वर्ष पछि पक्राउ गरेको छ ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ बाघभन्ज्याङ बस्ने राम बहादुर परियार लाई सेती नदिको पुलबाट नदीमा धकेलेर कर्तव्य गरि मारेको ज्यान सम्बन्धि मुद्धामा प्रहरीले घटनाकी मुख्य योजनाकार व्यास नगरपालिका वडा नं ४ बाघभन्ज्याङ बस्ने वर्ष ४२ की भारु भन्ने भारती परियार, साबिक मनपाङ गाबिस वडा नं ७ स्थायी घर भएर व्यास नगरपालिका वडा नं ४ बाघभन्ज्याङ बस्ने वर्ष ३९ को मंगल बहादुर दमै लाई प्रहरीले पक्राउ गरेको हो ।
२०६८ साउन ९ गते राम बहादुर परियारलाई भारु भन्ने भारती परियारको योजना तथा निर्देशन अनुसार मंगल बहादुर दमै र सुक बहादुर परियारले शुक्लागण्डकी नगरपालिकाको वडा नं ४ र ८ को सिमानामा पर्ने सेती नदीको पुलबाट सेती नदीमा धकेलेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका व्यक्तिहरुको प्रहरिले पोलिग्राफ विषेशज्ञबाट पोलिग्रफ टेस्ट समेत गरेको जिल्ला प्रहरि कार्यालय तनहुँका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
घटना भएको ४ वर्ष पछि २०७१ मङ्सिर १४ गते राम बहादुर परियारकी श्रीमती सनिसरा परियारले जिल्ला प्रहरी कार्यालय तनहुँमा लिखित निवेदन दिएको प्रहरीले जनाएको छ । उनले प्रहरीलाई आफ्ना हराइरहेका श्रीमानको खोजि गर्दिन निवेदन दिएकी थिइन ।
गत बिहिबार सनिसरा परियारको किटानी जाहेरीमा उल्लेखित मध्ये मंगल बहादुर दमै र भारु भन्ने भारती परियार लाई गत आइतबार पक्राउ गरि कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरि अनुसन्धान भइरहेकोजिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

भारु भन्ने भारती परियार र मृतक राम बहादुर परियार बीच जेठाजु बुहारिको नाता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु विचको हिमचिम परिवारले थाहा पाएको कारण भारु भारती परियारले आफ्नो श्रीमान संगको सम्बन्ध नबिग्रियोस भनेर आफ्नै जेठाजु लाई मार्ने योजना बनाएको अनुसन्धान बाट खुलेको प्रहरिले जनाएको छ ।
घटना घटाई सके पछि पहिलेको सुक बहादुर लाइ भारत र मंगल बहादुर लाई साउदी अरब पठाएको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई सो घटना भारती परियारले बापत ५/५ हजार रुपैया दिएकी थिइन ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन