तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान सम्बन्धि कसुर मुद्धाका योजनाकार सहित २ जना लाई ८ वर्ष पछि पक्राउ गरेको छ ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ बाघभन्ज्याङ बस्ने राम बहादुर परियार लाई सेती नदिको पुलबाट नदीमा धकेलेर कर्तव्य गरि मारेको ज्यान सम्बन्धि मुद्धामा प्रहरीले घटनाकी मुख्य योजनाकार व्यास नगरपालिका वडा नं ४ बाघभन्ज्याङ बस्ने वर्ष ४२ की भारु भन्ने भारती परियार, साबिक मनपाङ गाबिस वडा नं ७ स्थायी घर भएर व्यास नगरपालिका वडा नं ४ बाघभन्ज्याङ बस्ने वर्ष ३९ को मंगल बहादुर दमै लाई प्रहरीले पक्राउ गरेको हो ।
२०६८ साउन ९ गते राम बहादुर परियारलाई भारु भन्ने भारती परियारको योजना तथा निर्देशन अनुसार मंगल बहादुर दमै र सुक बहादुर परियारले शुक्लागण्डकी नगरपालिकाको वडा नं ४ र ८ को सिमानामा पर्ने सेती नदीको पुलबाट सेती नदीमा धकेलेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका व्यक्तिहरुको प्रहरिले पोलिग्राफ विषेशज्ञबाट पोलिग्रफ टेस्ट समेत गरेको जिल्ला प्रहरि कार्यालय तनहुँका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
घटना भएको ४ वर्ष पछि २०७१ मङ्सिर १४ गते राम बहादुर परियारकी श्रीमती सनिसरा परियारले जिल्ला प्रहरी कार्यालय तनहुँमा लिखित निवेदन दिएको प्रहरीले जनाएको छ । उनले प्रहरीलाई आफ्ना हराइरहेका श्रीमानको खोजि गर्दिन निवेदन दिएकी थिइन ।
गत बिहिबार सनिसरा परियारको किटानी जाहेरीमा उल्लेखित मध्ये मंगल बहादुर दमै र भारु भन्ने भारती परियार लाई गत आइतबार पक्राउ गरि कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरि अनुसन्धान भइरहेकोजिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

भारु भन्ने भारती परियार र मृतक राम बहादुर परियार बीच जेठाजु बुहारिको नाता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु विचको हिमचिम परिवारले थाहा पाएको कारण भारु भारती परियारले आफ्नो श्रीमान संगको सम्बन्ध नबिग्रियोस भनेर आफ्नै जेठाजु लाई मार्ने योजना बनाएको अनुसन्धान बाट खुलेको प्रहरिले जनाएको छ ।
घटना घटाई सके पछि पहिलेको सुक बहादुर लाइ भारत र मंगल बहादुर लाई साउदी अरब पठाएको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई सो घटना भारती परियारले बापत ५/५ हजार रुपैया दिएकी थिइन ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ