तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ३ मासु बजारमा रहेको मासु पसलमा चोरी गर्दै गर्दा एक जना लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलिले मासु पसलमा चोरी गर्दै गर्दा गत शुक्रबार साढे एक बजेको समयमा साबिक भिरकोट गाविस वडा नं ४ हाल रिसिङ गाउँपालिका वडा नं ४ का वर्ष ३२ को राम बहादुर विक लाई पक्राउ गरेको हो ।
मासु बजारमा रहेको पुर्ण सिंह सार्कीको ढाकाटोपि मासु पसल र सोहि स्थानमा रहेको झलक बहादुर आलेको झलक मासु पसलको सटरको फुटाली चोरी गर्दै गर्दा प्रहरीले विक लाई पक्राउ गरेको हो । विक लाई प्रहरीले अपराधमा प्रयोग गरेको घन सहित पक्रउ गरेको हो । विकलाई नकवजनी चोरी मुद्धामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरि राम बहादुर विक र उनका दाजु सोम बहादुर विकले व्यास ३ स्थित तरकारिलाईनमा रहेको एक जिरा मसला पसल र व्यास ३ निमचोक स्थित सावित्री भट्टराईको घरमा समेत चोरि गरेका छन । राम बहादुर विकले जिरा मसला पसलबाट प्राप्त मध्ये २ हजार र भट्टराईको घरबाट १ हजार लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सावित्री भट्टराईको घरबाट सुन र नगद चोरि भएको हो । चोरिमा संलग्न राम बहादुर विकका दाजु सोम बहादुर विक फरार रहेको र खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
५४० थान लागु औषध बरामद
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ५४० थान लागु औषध बरामद गरेको छ । प्रहरीले गत पुष २७ गते शुक्रबार व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोक स्थित सार्वजनिक यात्रु प्रतिक्षालयमा उक्त लागु औषध बरामद गरेको हो ।
शंकास्पद रुपमा झोला फेरी परि खानतलासि गर्दा झोलाबाट डाईजेपाम १८० थान, फेनारागन १८० थान र नुफिन १८० थान गरि जम्मा ५४० थान लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तर फेला परेको उक्त लागु औषध को-कसले लिई आएको पत्ता लागेको छैन । सो बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?