रियाज तिमिल्सिना, पोखरा । फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) मा ऐतिहासिक स्वतन्त्र विद्यार्थी परिषद् चुनाव यही माघ ११ गते हुँदैछ । धेरै लामो कसरतपछि निर्वाचन हुन लागेको हो ।
यसअघि, सन्तोष जिसी र सुदिप कोइरालाले स्वतन्त्र संस्थाको रुपमा रहेको एसएस पेककाे नेतृत्व लिईसकेका छन् । एसएस पेक पश्चात एसडब्ल्यूसी नामकाे स्वतन्त्र संस्थाका लागि चुनाव गर्न खाेजिएपनि सार्थक हुन सकेन । अहिले एसडब्ल्यूसीको पहलमा स्वतन्त्र विद्यार्थी परिषद्को चुनाव हुने पक्का भएको हो ।
स्वतन्त्र विद्यार्थी यूनियनकै चुनाव गर्न खोजिएपनि सम्भव भएन । चुनावमा विद्यार्थीहरु मज्जैले होमिएका छन् । नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा निकट अनेरास्ववियू प्यानल नै नयाँ नेतृत्व हत्याउन होमिनेछन् ।
अनेरास्ववियूले स्वतन्त्र बिद्यार्थी परिषद्को चुनावका लागि उम्मेदवार सार्वजनिक गरेको छ । किशोर चन्द्र सुवेदीको नेतृत्वमा अनेरास्ववियू चुनावी मैदान उत्रदैंछ । प्रत्यक्षतर्फ सचिवमा भीष्म पौडेल, कोषाध्यक्षमा रेखा केसी, सदस्यहरुमा सलिना गौतम, प्रकाश पुरी, केशव तिवारी, कृष्ण प्रसाद बस्ताकोटी छन् ।
यस्तै, समानुपातिकतर्फ उपसभापतिका लागि बिनय कार्की, सहसचिवमा सागर रानाभाट (समिप), सदस्यहरुमा रोशन बास्तोला र मौसम बरालको नाम सिफारिस गरिएको छ । अहिले दुवै तर्फका विद्यार्थीहरु आफ्नो पक्षमा माहौल बनाउन विभिन्न गतिविधि गरिरहेका छन् । अनेरास्ववियूले रक्तदान लगायतका कार्यक्रम गरिसकेको अनेरास्ववियु नेता सुनिलबाबु पोखरेलले बताए ।
https://www.facebook.com/mindkisor/videos/10210793954005032/



सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?