तनहुँ । आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ को तयारी ६० प्रतिशत पूरा भएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३, सैबोटेमा अगामी माघ १७ गते देखि माघ २७ गते सम्म संचालन हुने आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सवको तयारी ६० प्रतिशत पूरा भएको महोत्सवका प्रवक्ता मिलन भूजेलले जानकारी दिए ।
आदिवासी जनजाति महासंघ गाउँ समन्व्य परिषद आँबुखैरेनीको आयोजनामा “अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान” भन्ने मूल नाराका साथ गर्न लागिएको महोत्सवको तयारी अन्तर्गत अहिले विभिन्न संचार माध्यमबाट प्रचार प्रसार, ब्यानर तथा पम्पप्लेट गाडीहरुमा टास्ने काम, महोत्सव स्थल डोजरबाट सम्माउने कार्य भैरहेको उनले बताए ।
आँबुखैरेनी गाउँपालिकाको ६ वटै वडामा कूल जनसंख्याको ७० प्रतिशत आदिवासी जनजाति समुदायहरु रहेको र यस क्षेत्रका ती समुदायहरुको भाषा, संस्कृतिको जर्गेना, पहिचान र संरक्षणमा टेवा पु¥याउने उद्देश्य तथा आदिबासी जनजाती समुदायको संस्कृतिको संग्राहलय निर्माणको लागि महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक रेशम भूजेलले बताए ।
महोत्सव संचालन गर्नको लागि करिब ५२ लाख खर्चको अनुमान र १ लाख भन्दा धेरै दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखेको आयोजकले बताएको छ । २० वटा कृषि तथा घरेलु उत्पादनको स्टल र १ सय ८० वटा व्यापारीक स्टल गरी २ सय वटा स्टल रहने महोत्सवमा स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमूना घर, खानाका परिकार, भेषभूषा, चर्चित ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवको मुख्य आकर्षणहरु रहेका छन् ।
यस्तै, महोत्सवको अवलोकन गरी महोसत्व सफल पार्नको लागि सबैसँग आयोजकले आग्रह गरेको छ । महोत्सव भव्य, सभ्य तरीकाले सम्पन्न गर्नका लागि विभिन्न समिती तथा उपसमितीहरुले तिब्र रुपले काम गरी गरिरहेको समेत आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन