किरण श्रेष्ठ, तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा समानान्तर कार्यसमिति गठन गरेको छ ।
नेपाली कांग्रेस तनहुँको विशेष जिल्ला अधिवेशन सम्पन्न मंगलबार दमौलीमा भव्यताका साथ सम्पन्न भएको छ । विशेष जिल्ला अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले गरेका थिए ।
अधिवेशनको पछि दमौली बजारमा ठुलो संख्यामा रहेका जोशीका समर्थकले नारा सहित दमौली बजार परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि नवनिर्वाचित नेपाली कांग्रेस तनहुँका पदाधिकारी सहितको टोलि नेपालि कांग्रेस तनहुँको पार्टी कार्यालयमा गएका थिए । तर प्रहरीको अवरोधको कारण पार्टी कार्यालयमा पदस्थापना भने हुन सकेन ।
अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति
नेपाली कांग्रेस तनहुँको विशेष जिल्ला अधिवेशनले डिल्लीराम अधिकारको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली काङ्ग्रेसको नयाँ जिल्ला कार्यसमितिको सचिवमा चिनु पोख्रेल, कोषाध्यक्ष बालकृष्ण पौडेल रहेका छन ।
त्यस्तै सदस्यहरुमा बालकुमारी लोहनी, धुर्व कुमार श्रेष्ठ, नुर चन्द्र वाग्ले, ऋषिराम पोख्रेल, सुकुमलाल गुरुङ,ओम बहादुर नेपाली, केशर बहादुर गुरुङ, नरेन्द्र थापा, चित्त बहादुर थापा, एलिसा गुरुङ, बुद्धिमान नेपाली, इज्जत अलि मिया रहेको निर्वाचन समिति संयोजक हरिशरण पण्डितले जानकारी दिए ।
नेपाली कांग्रेस तनहुँको विशेष जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा नेपालि कांग्रेसको संगठन ९ जनाको समुह बनाएर आफुले सुरुवात गरेको बताए ।
सोहि अवसरमा उनले भने, ‘अहिले नेपाली कांग्रेस तनहुँमा शुन्यको अवस्थामा पुगेको छ ।’ नेपालि कांग्रेसको जिल्ला तनहुँ अहिले जिल्ल परेको छ जोशीले भने अहिलेको यो अवस्था लाई पुनर्जिवित गर्न लाई फेरी अहिले आफुले जनता कार्यकर्ताको अगाडी विशेष जिल्ला अधिवेशन मार्फत तनहुँ जिल्ला लाई नेपाली काङ्ग्रेसको गढ, काङ्ग्रेसको किल्ला कायम गर्न कम्मर कसेर विशेष जिल्ला अधिवेशन गरेकोको उनले बताए । आज मनपरी तन्त्र, मनपरि प्रवृती र हैकमवादी नितिले गर्दा तनहुँमा नेपाली काङ्ग्रेस अस्तित्व बिहिन हुन पुगेको छ । त्यसैले नेपाली काङ्ग्रेसको अस्तित्वलाई बचाउनको लागी हामी जुट्नुपरेको हो । नेपाली काङ्ग्रेसमा इमान्दार र सच्चा कार्यकर्ताले स्वाभिमान गुमाउनु परेको नेता जोशीले बताए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’