किरण श्रेष्ठ, तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा समानान्तर कार्यसमिति गठन गरेको छ ।
नेपाली कांग्रेस तनहुँको विशेष जिल्ला अधिवेशन सम्पन्न मंगलबार दमौलीमा भव्यताका साथ सम्पन्न भएको छ । विशेष जिल्ला अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले गरेका थिए ।
अधिवेशनको पछि दमौली बजारमा ठुलो संख्यामा रहेका जोशीका समर्थकले नारा सहित दमौली बजार परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि नवनिर्वाचित नेपाली कांग्रेस तनहुँका पदाधिकारी सहितको टोलि नेपालि कांग्रेस तनहुँको पार्टी कार्यालयमा गएका थिए । तर प्रहरीको अवरोधको कारण पार्टी कार्यालयमा पदस्थापना भने हुन सकेन ।
अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति
नेपाली कांग्रेस तनहुँको विशेष जिल्ला अधिवेशनले डिल्लीराम अधिकारको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली काङ्ग्रेसको नयाँ जिल्ला कार्यसमितिको सचिवमा चिनु पोख्रेल, कोषाध्यक्ष बालकृष्ण पौडेल रहेका छन ।
त्यस्तै सदस्यहरुमा बालकुमारी लोहनी, धुर्व कुमार श्रेष्ठ, नुर चन्द्र वाग्ले, ऋषिराम पोख्रेल, सुकुमलाल गुरुङ,ओम बहादुर नेपाली, केशर बहादुर गुरुङ, नरेन्द्र थापा, चित्त बहादुर थापा, एलिसा गुरुङ, बुद्धिमान नेपाली, इज्जत अलि मिया रहेको निर्वाचन समिति संयोजक हरिशरण पण्डितले जानकारी दिए ।
नेपाली कांग्रेस तनहुँको विशेष जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता तथा पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा नेपालि कांग्रेसको संगठन ९ जनाको समुह बनाएर आफुले सुरुवात गरेको बताए ।
सोहि अवसरमा उनले भने, ‘अहिले नेपाली कांग्रेस तनहुँमा शुन्यको अवस्थामा पुगेको छ ।’ नेपालि कांग्रेसको जिल्ला तनहुँ अहिले जिल्ल परेको छ जोशीले भने अहिलेको यो अवस्था लाई पुनर्जिवित गर्न लाई फेरी अहिले आफुले जनता कार्यकर्ताको अगाडी विशेष जिल्ला अधिवेशन मार्फत तनहुँ जिल्ला लाई नेपाली काङ्ग्रेसको गढ, काङ्ग्रेसको किल्ला कायम गर्न कम्मर कसेर विशेष जिल्ला अधिवेशन गरेकोको उनले बताए । आज मनपरी तन्त्र, मनपरि प्रवृती र हैकमवादी नितिले गर्दा तनहुँमा नेपाली काङ्ग्रेस अस्तित्व बिहिन हुन पुगेको छ । त्यसैले नेपाली काङ्ग्रेसको अस्तित्वलाई बचाउनको लागी हामी जुट्नुपरेको हो । नेपाली काङ्ग्रेसमा इमान्दार र सच्चा कार्यकर्ताले स्वाभिमान गुमाउनु परेको नेता जोशीले बताए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन