तनहुँ । शुक्रबार राति परेको चट्टयाङका कारण तनहुँमा एक युवतीको ज्यान गएको छ ।
ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा स्थित माईत आएकी २० वर्षीया मीनामाया थापाको चट्टयाङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायालाई उपचारका क्रममा दमौली अस्पताल ल्याएकोमा दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक थापाको शव दमौली अस्पतालको शवगृहमा रहेको छ । घटनास्थल सदरमुकाम दमौलीबाट बसमा करिब ४ घण्टाको दुरीमा रहेको छ ।
यसैबीच, आफै सवार ट्याक्टरले किचेर गएराती तनहुँमा एक युवकको ज्यान गएको छ ।
घुमाउने–दमौली सडक खण्डको भित्री बाटोमा रहेको व्यास १३ बेलबासमा ग १ ट ४६७१ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा गुल्मी साबिक फोक्सिङ गाविस वस्ने २० वर्षिय सुर्य नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतक नेपाली ट्याक्टरका सहचालक हुन् । मृतकको शब दमौली अस्पतालमा रहेको छ भने चालक र ट्याक्टर प्रहरी नियत्रणमा रहेका छन्।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन