गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
म्याग्दीमा १२ वर्षपछि तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको छ । गएराति परेको बर्षासँगै सदरमुकाम बेनी आसपासका डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिमपातले अधिकांश ग्रामीण सडकमा यातयात अवरुद्ध भएका छन् । हिमपातपछि चिसोले जनजीवन प्रभावित भएको छ । चिसोको कारण कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले सुरक्षा निकाय मार्फत आवश्यक सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।
माथिल्लो भेगमा ४ फिट बढी र तल्लो क्षेत्रमा १ फिट सम्म हिमपात भएको छ । निरन्तरको हिमपातले धारामा पानी जमेपछि समस्या भएको धौलागिरि गाउँपालिका १ गुर्जामा रहेको जनकल्याण माविका शिक्षक रुपेश सुवेदीले बताए । माथिल्लो भेगमा हरेक बर्ष हिमपात हुने भएपनि तल्लो क्षेत्रमा भने १२ बर्षपछि मात्रै हिमपात भएको हो । २०६३ सालको फागुनमा सदरमुकाम बेनीमासमेत हिमपात भएको थियो ।
सम्बन्धित खबर
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
स्याङ्जा साल्मेडाँडाको गोर्खा स्मारक निर्माण कार्यलाई तीव्रता दिइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग