किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास ३ अनसन चौतारा स्थित खुुला मैदानमा निर्माण गर्न लागिएको पार्कको डिजाईन अन्तिम चरणमा पुुगेको छ । पार्कको डिजाईन गरिरहेको जिओ कन्सर्न प्रालिले आइतवार परिवर्तित डिजाइनबारे व्यास नगरपालिकामा जानकारी गराएको थियो ।
यस अघि नै डिजाइनको अन्तिम रुप तयार भए पनि जनप्रतिनिधिहरुले पार्क भित्र कार्यक्रम स्थलका रुपमा पर्याप्त खाली जमिन राख्नुपर्ने, व्यासको मुर्ति हाल महेन्द्रको सालिक तथा नर्सरी भएको स्थानमा राख्नुपर्ने, पार्क भित्र सवारी पार्किङ्ग नराखी अन्यत्र व्यवस्था गर्नुपर्ने, सार्वजनिक शौचालय अस्पताल मार्गको प्रयोग गर्ने, पार्कमा वाल उद्यान तथा बृद्धहरुका लागि विश्रामस्थल राख्नुपर्ने लगायत माग गरेपछि डिजाइन परिवर्तन गरिएको हो ।
डिजाइन गरेका आर्किटेक्टको प्रारम्भिक अनुमानमा पार्कको लागत ५ करोड अनुमान गरीए पनि विस्तृत अध्ययन गर्दा यो परिवर्तन हुन सक्ने वताइएको छ । पार्कको नामाकरणका सम्बन्धमा पनि आइतवारको वैठकले टुुङ्गो लगाउन सकेको छैन । आइवारको छलफलमा समन्वय प्रमुख शान्तिरमण वाग्लेले वजेट भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने वताएका थिए ।
त्यस्तै नगर प्रमुख न्यौपानेले विस्तृत अध्ययन छिटो गर्न निर्देशन दिएका छन भने वडा सदस्य रबिन पौडेलले इन्टरलकको सट्टा हाल प्रचलनमा आएको पेभर प्रयोग गर्दा वातावरणमैत्री हुने सुुझाव दिएका थिए । नपाका वरिष्ठ इन्जिनियर राजु पौडेलले लागत विस्तृृतमा तयार पार्नुपर्नेमा जोड दिएका थिए ।



सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा