गण्डकी प्रदेशमा अझै पनि आठ हजार प्रहरी अपुग छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय अनुसार प्रदेशमा अहिले जम्मा ७ हजार १७ जना प्रहरीको दरबन्दी रहेको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामा गरी अहिले ४ हजार ६ सय ८३ भन्दा प्रहरी छैन । कायम दरबन्दीमा समेत २ हजार ३ सय ३४ जनाको दरवन्दी खाली नै रहेको छ ।
शान्ति सुरक्षाको अवस्थालाई मजबुत पार्न हाल कायम रहेको दरवन्दीमा थप ५ हजार ३ सय ३६ जनशक्ति आवश्यक पर्ने प्रदेश प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले पत्रकार सम्मेलन गरी प्रहरी गतिविधिका साथै समसामयिक विषयमा छलफल गरेको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायम महानिरीक्षक दान सिंह बोहराका अनुसार भूगोलको हिसाबले ४.५९ बर्ग किमी क्षेत्रफल बराबर एक जना प्रहरी कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रदेशमा हाल कार्यरत प्रहरीको हिसाबले एक जना प्रहरीले ४ सय ४७ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था रहेको छ ।
गण्डकी प्रदेशमा २१ हजार ५ सय ४ बर्ग किलोमिटर क्षेत्रफल र २० लाख ९२ हजार १ सय ५३ जनसंख्या रहेको छ । हाल प्रदेश सरकारका विशिष्ट व्यक्ति, प्रदेश सभा, मन्त्रालय र निवास गरी प्रहरी निरीक्षकको कमान्डमा १ सय २१ जना सुरक्षार्थ खटिएका छन् ।
संघीय संरचनामा गएसँगै प्रदेश राजधानी भएका हिसाबले पनि पोखरामा भिआइपी आवागमन उच्च रहेको देखिएको छ । चालू आर्थिक वर्षको ६ महिना सकिँदा पुष मसान्तसम्म अतिविशिष्ट व्यक्तित्वहरुले ३ सय ५ पटक भ्रमण गरेको र प्रदेशका विशिष्ट व्यक्तिहरुले १ सय ७७ पटक भ्रमण गरेको समेत कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह