गण्डकी प्रदेशमा अझै पनि आठ हजार प्रहरी अपुग छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय अनुसार प्रदेशमा अहिले जम्मा ७ हजार १७ जना प्रहरीको दरबन्दी रहेको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामा गरी अहिले ४ हजार ६ सय ८३ भन्दा प्रहरी छैन । कायम दरबन्दीमा समेत २ हजार ३ सय ३४ जनाको दरवन्दी खाली नै रहेको छ ।
शान्ति सुरक्षाको अवस्थालाई मजबुत पार्न हाल कायम रहेको दरवन्दीमा थप ५ हजार ३ सय ३६ जनशक्ति आवश्यक पर्ने प्रदेश प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले पत्रकार सम्मेलन गरी प्रहरी गतिविधिका साथै समसामयिक विषयमा छलफल गरेको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायम महानिरीक्षक दान सिंह बोहराका अनुसार भूगोलको हिसाबले ४.५९ बर्ग किमी क्षेत्रफल बराबर एक जना प्रहरी कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रदेशमा हाल कार्यरत प्रहरीको हिसाबले एक जना प्रहरीले ४ सय ४७ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था रहेको छ ।
गण्डकी प्रदेशमा २१ हजार ५ सय ४ बर्ग किलोमिटर क्षेत्रफल र २० लाख ९२ हजार १ सय ५३ जनसंख्या रहेको छ । हाल प्रदेश सरकारका विशिष्ट व्यक्ति, प्रदेश सभा, मन्त्रालय र निवास गरी प्रहरी निरीक्षकको कमान्डमा १ सय २१ जना सुरक्षार्थ खटिएका छन् ।
संघीय संरचनामा गएसँगै प्रदेश राजधानी भएका हिसाबले पनि पोखरामा भिआइपी आवागमन उच्च रहेको देखिएको छ । चालू आर्थिक वर्षको ६ महिना सकिँदा पुष मसान्तसम्म अतिविशिष्ट व्यक्तित्वहरुले ३ सय ५ पटक भ्रमण गरेको र प्रदेशका विशिष्ट व्यक्तिहरुले १ सय ७७ पटक भ्रमण गरेको समेत कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?