पोखरामा अनवरत १५ वर्षदेखि वैदेशिक शिक्षा सम्बन्धमा परामर्श प्रदान गर्दै आएको किङ्स इन्स्टिच्यूटले पुनः जापानी भाषा कक्षा सुरु गरेको छ ।
यहाँको भरपर्दो र विश्वासिलो संस्थाका रुपमा पूरानो ब्राण्ड कायम गरेको किङ्सले सरकारले वर्किङ भिसामा जापानमा कामदार लैजाने भएपछि जापानिज भाषाका कक्षा थप गरेको हो । स्थापनादेखि एकै ठाउँ महेन्द्रपुलमा रहेर विशेषतः अष्ट्रेलिया सहित यूएस, यूके, न्यूजिल्याण्ड र जापान उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई किङ्सले परामर्शका साथ भिसा प्रक्रियामा सहयोग गर्दै आएको छ ।
किङ्सकी म्यानेजिङ डिरेक्टर रश्मि अधिकारीले जापान जान इच्छुक कामदार र विद्यार्थी दुबैलाई लक्षित गरि भाषामा अब्बल बनाउन पुनः जापानिज भाषा तयारी कक्षा सुरु गरेको जनाईन् । जापानमा मुख्य कुरा नै भाषा भएकाले सरकारले वर्किङ भिसामा लैजाने बताएसँगै जापानिज भाषामा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिने गरी व्यवस्था मिलाएको उनले सुनाईन् ।
‘हामी कहाँ आउँने भाषाका विद्यार्थी सफल भए हामी सफल हुन्छौं,’ उनले भनिन् ‘त्यही नै हाम्रो सफलता हो । हामी विद्यार्थीलाई शतप्रतिशत भाषामा उत्तीर्ण गराउने गरी तयारी गर्छौं ।’ आउँदो अप्रिलदेखि जापानमा काम गर्न जानेका लागि निवेदन फाराम खुल्ने बताइन्छ । कामको लागि जापान जान पाउने अवसर सरकारी तबरबाट नै भएपछि जापानी भाषा सिक्न खोज्नेको संख्या बढेको छ। उनीहरुलाई अनुभवी प्रशिक्षकबाट भाषा तयारी कक्षा सञ्चालन गर्न किङ्सले सेवा थप गरेको जनाएको छ ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’