पोखरा । पोखरा महानगरपालिकाको पिकअप भ्यानमा शनिबार आगो लगाएपछि महानगरपालिकाले एक विज्ञप्ति निकालेर घटनाको विरोध गरेको छ। महानगरका प्रवक्ता धनबहादुर नेपालीले जारी गरेको विज्ञप्तिमा गाडीमा आगजनी गर्नेलाई अापराधिक जत्थाकाे संज्ञा दिएकाे छ ।
साथै, कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ। महानगरपालिकाले गाडीमा आगजनी गर्नेलाई कारबाही गर्न उजुरीसमेत दिएको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए। प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पाैडेलले फेसबुक मार्फत सार्वजनिक गरेकाे विज्ञप्ती यस्ताे छ ।

आरोपमा कास्की प्रहरीले नेपाल विद्यार्थी संघका पाँच जनालाई पक्राउ गरेको छ। डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराललाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।
पोखरा मासबारमा बिहान साढे ९ बजे महानगर शिक्षा महाशाखाको बा १ झ ५८७९ नम्बरको गाडीमा पेट्रोल छर्केर २ जनालेआगो झोसेको प्रत्यक्षदर्शीले बताएका छन्। सेतो स्कुटरमा आएका २ युवाले गाडी रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए।
जिल्ला समन्वय समितिबाट हालै उक्त गाडी पोखरा महानगरपालिका अन्तर्गत आएको थियो। गाडी मर्मत गरेर शिक्षा महाशाखाले प्रयोग गर्दै आएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले बताए।
बिदाको दिन सरकारी साधनको दुरुपयोग बढेकाले नेपाल विद्यार्थी संघ केन्द्रीय निर्णयअनुसार देशका सबै जिल्लामा बिदाको दिन सवारी साधन चल्न नदिने अभियान सञ्चालन गरेको नेपाल विद्यार्थी संघका नेता भानु ढकालले बताए। सवारी साधनको दुरुपयोग बढेकाले शान्तिपूर्ण रुपमा नियन्त्रण गरेर प्रशासनलाई बुझाउने कार्यक्रम रहे पनि विद्यार्थी आक्रोशमा आएर त्यस्तो घटना भएको हुन सक्ने उनले सुनाए।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा