तनहुँ । तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. १ चिसापानी (डुम्रे बजार नजिक)बाट मंगलबार लागुऔषध सहित ३ जना पक्राउ परेका छन । यसरि पक्राउ पर्नेहरुमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ बस्ने बर्ष २६ को ईन्द्र बहादुर बाचे मगर, भानु नगरपालिका वडा नं. १ बस्ने बर्ष ३० को बहरुल अमिन मियाँ र धादिङ गल्छी गाउँपालिका वडा नं. १ बस्ने बर्ष २४ को भुपेश अधिकारी रहेको प्रहरीले जनाएको छ ।
दिउसो ५ बजेको समयमा संकास्पद रुपमा भेटिएका ईन्द्र बहादुर बाचे मगर, बहरुल अमिन मियाँ र भुपेश अधिकारीको शरिर तलासी लिदा ईन्द्र बहादुर बाचे मगर पक्राउ परेका हुन् । उनीहरुको साथबाट डाईजेपाम सिसि २ एम्पुल, फेनरागन सिसि ४ एम्पुल र नुफिन सिसि १ एम्पुल फेला परेको थियो ।
उनिहरुसँग प्रहरीले थप सोधपुछ तथा अनुसन्धान गर्दा बहरुल अमिन मियाको कोठा भित्र लागु औषध लुकाई राखेको भनि खुलाएकाले तत्काल उनिहरुलाई साथमा लिएर बहरुल अमिर मियाको घर कोठा खानतलासी लिने क्रममा कोठा भित्र लुकाई छिपाई संचय गरी राखेको अबस्थामा डाईजेपाम सिसि ६ एम्पुल, फेनरागन सिसि ६ एम्पुल, नुफिन सिसि ६ एम्पुल र ट्रमाडोल क्याप्सुल २३० वटा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त लागु औषध बरामद गरी लागु औषधको संचय तथा ओसार पसार कारोबार गर्ने ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी तनहँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’