नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा माघ ८ गतेबाट बाक्लो मात्रामा जमेको हिउँ नपग्लदै पुनः भारी हिमपात भएको छ । माघ २३ गते दिउँसोबाटै भएको हिमपात अझै परिरहेको छ । बिशेष गरी मनाङ जिल्लाका माथिल्ला भेगहरु ढुकुर पोखरी, पिसाङ, हुम्डे, ध्यारु, ङावल, भ्राका, उपर मनाङ, टंकी मनाङ, खाङगसार लगाएतका स्थानहरु बढी प्रभाबित भएको हुम्डेका स्थानीय बासी सेरप गुरुङले बताए ।
पहिलेकै हिउँ बाक्लो जमेको भर्रखर मात्र बिस्तारै पग्लदै गरेको अवस्थामा पुन हिमपात भएकोले झन बढी समस्या भएको हो । मनाङको तल्ला भेगहरुमा भने भारी मात्रामा बर्षा भएको दानाक्यूबाट ठेकेदार नबिन शाहिले बताए । दानाक्यु सम्म हिमपात भएको र सो भन्दा तलका भेगहरु धारापानी र ताल गाउँमा भने भारी मात्रामा बर्षा भएको शाहिले बताए । अब हिउँ पग्लने आशामा बसेका ब्यापारी तथा अन्यहरुलाई हिजो बाट परेको हिमपातले झन थप चिन्तित बनाएको छ ।

बाक्लो हिमपातका कारण सवारी साधन चल्न नसके पछि पसलहरुमा दैनिक उपभोग हुने सामानहरु समेत अभाब भैरहेको बेला झन हिजो बाट परेको हिमपातले गर्दा ब्यापारीहरु चिन्तीत भएका हुन । साथै दैनिक उपभोगका लागी आवश्यक सामाग्रीहरु बजारमा अभाब भए पछि स्थानीय बासी तथा कर्मचारीहरु पनि समस्यामा परेको चामेका मनोज खडकाले बताए ।
पुन परेको भारी हिमपातका कारण मनाङ जिल्लाका सबै गाउँ अस्तबेस्त देखिएको छ साथै बजार तथा गाउँहरु समेत सुन सान भएको छ । हिमपातसंगै हावाहुरी पनि चलेको कारण सबै घर भित्रबाट बाहिर निस्कन समेत समस्या भएको चामेका स्थानीय सन्तोष लामाले बताए । माघ ८ गतेबाट परेको हिमपातका कारण मनाङको नासोँ गाउँपालिका दानाक्यु भन्दा माथी सवारी साधन हाल सम्म पनि चल्न सकेको छैन । सवारी साधन चल्न नसके पछि मनाङका माथिल्ला भेगहरुमा बढी मात्रामा समस्या भएको उपर मनाङका होटल ब्यबसायिले बताए ।

भारी हिमपात र बाक्लो हिउँ जमेका कारण स्थानीय तथा कर्मचारी पर्यटकहरु मनाङको नासोँ गाउँपालिका दानाक्युबाट नै हिउँमाथी चिप्लदै ,लडदै दानाक्युबाट पैदल आउने गरेका छन । साथै मनाङ जिल्लाको सदरमुकाम चामे बाट माथिल्ला क्षेत्रहरुमा भैरहेको बिकास निमार्णका कार्यहरु समेत ठप्प रहेको छ ।
यस बर्षको हिमपात मनाङमा १६ बर्ष यता कै सबै भन्दा ठुलो हिमपात भएको चामेका स्थानीय बिर सिंह गुरुङले बताए । आज भन्दा १६ बर्ष अगाडी २०५९ सालमा यसरी नै बाक्लो र लामो समय हिउँ परेका गुरुङले बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना