तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले २ वर्षदेखी ज्यान मार्ने उद्योग मुद्धामा फरार एक जना लाई पक्राउ गरेको छ । प्रहरीले गत २०७४ फागुन ९ गते तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ स्थित पिपलटारमा सन्जिब राई समेतका व्यक्तिहरुलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाएका म्याग्दे गाउँपालिका वडा नं ६ छविसे बस्ने बर्ष ३२ को दाह्री भन्ने सुरज थापा लाई पक्राउ गरेको हो ।
उक्त घटनामा लक्ष्मी राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात प्रहरीले खोजतलास गरेको थियो ।
फरार रहेका प्रतिवादीहरुको खोजतलास जारी राखिएको अवस्थामा दाह्री भनि चिनिने सुरज थापा २७ गते आइतबार कावासोती स्थित पुर्वाधार विकास कार्यालयबाट आह्वान भएको टेन्डर ठेक्काको क्रममा विशेष सूचना मार्फत प्रहरीले थापा लाई पक्राउ गरेको हो ।
प्रहरी परिचालन गरी खोजतलास तथा निग्रानी गर्दा फरार प्रतिबादीहरु मध्ये दाह्री नामले चिनिने सुरज थापालाई नवलपरासी बर्दघाट सुस्त पुर्व कावासोती नगरपालिका वडा नं ३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थापा लाई पक्राउ गरी आबश्यक कार्बाहीको लागि तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन