किरण श्रेष्ठ, तनहुँ । व्यास नगरपालिकाको चौथो नगरसभा सोमबारबाट सुरु भएको छ । चौथो नगरसभाको अध्यक्षता व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा प्रमुख न्यौपानेले अपेक्षित गरेको विकास योजना लाई भएको बजेटमार्फत पुरा भए नभएको नगरसभामा छलफल गर्ने जानकारी दिए । निति, कार्यक्रमलाई पनि केहि संशोधन सहित पारित गर्ने नगरप्रमुख न्यौपानेले जानकारि दिए । कार्यनयनमा ल्याइसकेको केही ऐनहरु लाई पनि संसोधन गर्नुपर्ने देखिएको छ र केहि नयाँ ऐन सिर्जना समेत नगरसभा मार्फत गर्ने नगर प्रमुख न्यौपानेले जानकारी दिए ।
“महत्वाकांक्षी योजनाहरु लाई कार्यनयन गर्ने क्रममा संघको तर्फबाट पनि केहि योजना संचालन भइरहेका छ्न । जसमा मानुङकोट सम्म जाने बाटो कालोपत्रे हुँदैछ । त्यस्तै पराशर पार्क र छाब्दी मार्ग पनि संघीय सरकारको तर्फबाट निर्माण हुदैछ । “, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने जानकारी दिए । केहि बाटोलाई नगरपालिकाको मुल बाटोको रूपमा विकास गर्न लागिरहेको प्रमुख न्यौपानेले बताए । मादि नदि लाई व्यवस्थित गरेर गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको सहभागीतामा विभिन्न बहुउद्देश्यीय अध्ययन गरेर अगाडि बढाउने तयारी भएको उनले बताए ।
नगरसभामा कुन-कुन विधेयक पेश भए ?
चौथो नगर सभामा सोमबार विभिन्न विधेयकहरु छ्लफलका लागी पेश गरिएको छ । जसमा शिक्षा ऐन २०७५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५, संशोधित आर्थिक विधेयक, संशोधित विनियोजन विधेयक, संशोधित फोहोरमैला व्यवस्थापन सम्बन्धि विधेयक, संशोधित सहकारी विधेयक रहेका छ्न । नगरसभामा व्यास नगरपालिकाकी उप-प्रमुख मिरा जोशीले आर्थिक वर्ष २०७५/७६ को संशोधित निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगर सभाबाट पारित निति, कार्यक्रम र बजेटमा आएको परिवर्तन लाई नगरसभाबाट आत्मसात गर्दै संशोधन गर्नुपर्ने र थप केहि कानुनहरुको निर्माण गर्नुपर्ने भएको हुँदा चौथो नगरसभा को आह्वान गरिएको उपप्रमुख जोशीले बताइन ।
२०७५/७६ को अर्धवार्षिक अवधीसम्म व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले मानुङकोट देखी पुलिमराङसम्म दोस्रो व्यास नगर अल्ट्रा म्याराथन सम्पन्न, वडा भवनहरु सम्पन्न एवं निर्माण प्रक्रिया अगाडि बढाइएको, व्यास-पराशर पार्क (दमौली सेन्टर पार्क) निर्माणका लागी डिपिआर तयार गरिएको नगरसभामा उपप्रमुख जोशीले बताइन ।
त्यस्तै नगरसभामा फोहोरमैला सम्बन्धि ऐन २०७४ माथि संशोधन प्रस्ताव व्यास-५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले गरेका दिए । त्यसैगरि शिक्षा विधेयक २०७५ वडाअध्यक्ष काजिमान श्रेष्ठले प्रस्तुत गरेका थिए । व्यास नगरपालिकाको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक २०७५ व्यास-४ का वडाअध्यक्ष विश्वराज न्यौपानेले गरेका थिए । आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५, सहकारी ऐन २०७४ माथि संशोधन प्रस्ताव वडाअध्यक्ष काजिराम श्रेष्ठले गरेका थिए ।
सोमबार पेश भएको प्रस्तावहरु मंगलबार दोस्रो दिन पास हुने र त्यसपछी राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटासंग अन्तरक्रिया, परामर्श चल्ने व्यास नगरपालिकाला प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’