तनहुँ । नेपाल सरकारको तर्फबाट चितुवाको आक्रमणबाट ज्यान गुमाएका र घाइतेलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले चितुवाको आक्रमणबाट ज्यान गुमाएका भानु नगरपालिका–२ की ४ वर्षिया रञ्जिता बसेलकी आमा सरस्वती बसेल र मृतक १० वर्षिय अमृत गुरुङको दिदी अन्जना गुरुङलाई ९ लाख ५० हजार रुपैयाँका दरले राहत हस्तान्तरण गरे ।
उनीहरु दुवैको केही समय अघि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । नेपाल सरकारबाट प्राप्त हुने १० लाख मध्ये ५० हजार रुपैयाँ तत्काल दिइएको र ९ लाख ५० हजार भुक्तान दिन बाँकी रहेकोले सोमबार राहत हस्तारण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । सोही कार्यक्रममा भालुको आक्रमणबाट घाइते भएका भिमबहादुर तामाङको परिवारलाई ५६ हजार ८ सय ६१ रुपैयाँ प्रदान गरिएको बरालले बताए ।
मन्त्री चुमानले सामुदायिक वन उपभोक्ता समितिले नै वन्यजन्तु संरक्षणको जिम्मा दिनुपर्ने बताएका छन् । मन्त्री चुमानले भानु नगरपालिका–२ मा वन्यजन्तुको आक्रमणमा परी मृत्यु तथा घाईते भएका परिवारलाई सोमबार राहत हस्तान्तरण गर्दै सो बताएका हुन् ।
सामुदायिक वन उपभोक्ता समितिलाई वन संरक्षणमा सफलता मिले जस्तै वन्यजन्तु संरक्षणमा भने सफलता नमिलेको उल्लेख गर्दै मन्त्री चुमानले सामुदायिक वनलाई नै वन्यजन्तु संरक्षणको पूर्ण अधिकार दिएर संरक्षणमा लाग्न जरुरी रहेको बताए । उपभोक्ताहरुलाई वन्यजन्य संरक्षण गर्ने सम्बन्धि प्राविधिक ज्ञान दिएर रुख र वन्यजन्तु दुवै संरक्षण गर्न सफलता मिल्ने उनले बताए । ‘हाम्रा अग्रजहरुले वस्ती वरपर बर, पिपल, आँप, समीका रुख हुर्काउने, डाँडाकाँडामा समेत पोखरी बनाउने जस्ता कार्य गरी प्रकृतिको संरक्षण गरेको स्मरण गर्दै उनले भने ‘पूर्खाका कामबाट ज्ञानसीपको सिको गर्नुपर्छ ।’ ‘पुराना पोखरीतर्फ हाम्रो चासो गइरहेको छैन त्यसले जमिनमा पानी रिचार्ज भई मुल सुक्न रोक्ने, वन्यजन्तुले पानी खान पाएका थिए, त्यस्ता विषयमा हामीले पनि अनुकरण गर्नुपर्छ र पोखरी खन्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख आशा थापा, वडा नम्बर २ का वडाध्यक्ष अर्जुन केसी लगायतले सम्बन्धित ठाउँमै पुगेर समयमा नै राहत रकम उपलब्ध गराएकोमा नेपाल सरकारलाई धन्यवाद दिएका थिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’