तनहुँ । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताप्रति उत्तरदायी भएर प्रत्येक नागरिकलाई सुचना दिनु कर्मचारीको कर्तव्य भएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको ‘सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलन एवं सुशासन प्रवर्द्धनमा राष्ट्रसेवक कर्मचारीको भूमिका बिषयक कार्यक्रममा प्रशिक्षणका क्रममा सो कुरा बताएका हुन् ।
प्रमुख सुचना आयुक्त बाँस्कोटाले राणाकाल र पञ्चायतको बेला मात्रै सूचना लुकाउने प्रचलन रहेकाले लोकतन्त्रमा सूचना लुकाउने अधिकार कसैलाई पनि नभएको बताए । सूचनाको हकलाई संविधानमा नै मौलिक हकको रुपमा भएकाले हरेक नागरिकले मागेको सूचना तत्कालै दिनुपर्नेमा जोड दिए।
सुचना लुकाउने जो कोसैलाई पनि कानूनबमोजिम कारवाही र दण्डको ब्यवस्था रहेको बास्कोटाले बताए । सुचना आयोगले कारवाही गर्दा फौजादारी कारवाही सरको हुने समेत उनले बताए ।
प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रभावकारी प्रयोगबाटबाट लोकतन्त्र बलियो हुने बताएका थिए ।
प्रमुख सूचना आयुक्त बाँस्कोटाले हरेक सरकारी कार्यालयले तीन/तीन महीनाभित्र आफूले गरेको काम सार्वजनिक गर्नुपर्ने र त्यसका लागि आमसञ्चार माध्यमको सहयोग लिन सकिने उल्लेख गर्दै प्रयोजन खुलाएर लिखित सूचना माग गरेको खण्डमा तत्काल दिनुपर्ने बताए ।
मागेको सूचना नदिएको खण्डमा २५ हजारसम्म जरिवाना, दैनिक २०० जरिवाना, विभागीय कारवाही र अटेरीबापत रु १० हजार थप जरिवाना गर्न सकिने कानूनी प्रावधान रहेको पनि उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध खलल पर्ने,सुरक्षामा असर पर्ने, अपराधको अनुसन्धानमा असर पर्ने, आर्थिक हितमा असर पर्ने, बौद्धिक हितमा असर पर्ने, बैंकिङ गोपनीयतामा असर पर्ने, जातीय सद्भाव भड्किने र विषय र व्यक्तिगत गोपनीयताको विषयमा भने सूचना दिन बाध्य नहुने व्यवस्था रहेको पनि प्रमुख सूचना आयुक्त बाँस्कोटाले जानकारी दिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सूचनाको हक कार्यान्वयनका लागि प्रतिवद्वता ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा सुचना अधिकारीको सहभागिता रहेको थियो ।
यसैगरी मंगलबार पत्रकारहरु सँग कुरा गर्दै प्रमुख आयुक्त बाँस्कोटाले संचारकर्मीले सुचनाको हकको प्रयोग गर्न आग्रह गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन