तनहुँ । लियो क्लब अफ तनहुँको आयोजनामा दोस्रो लियो कप हुने भएको छ । यही फागुन ३ र ४ मा दमौलीको खेलमैदानमा हुने बुधबार क्लबले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
तनहुँको दमौलीमा रहेका विभिन्न अन्तराष्ट्रिय क्लबहरु बीच भाइचारा र खेलकुदको माध्यमबाट सामाजिक काम गर्ने उद्देश्यले सो प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार र दोस्रो हुने टिमले १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । जसमध्य प्रथम पुरस्कारबाट १० हजार र दोस्रो पुरस्कारबाट ५ हजार भिन्न क्षमता भएका बालबालिका लाई सहयोग गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रथम पुरस्कारबाट १० हजार सिन्धु आधारभुत विद्यालय सांगे र दोस्रो पुरस्कारबाट ५ हजार व्यास-१ मा रहेको बुद्ध दाहाल प्रावि लाई दिने क्लबले निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । उक्त प्रतियोगितामा लायन्स, लियो, रोटरी, रोट्रयाक्ट, जेसिस र पत्रकार महासंघ गरि १० टिमको सहभागिता रहने खेल संयोजक सुनिल मिश्रले जानकारी दिए ।
लियो क्लबको वार्षिक कार्यक्रम अन्तर्गत गरिन लागेको उक्त प्रतियोगितामा २ लाख ९० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएका छ्न । खेलको लागि विभिन्न लायन्स क्लब र व्यास नगरपालिकाले ४० हजार सहयोग गरेको क्लबले जानकारी दिए । गतवर्ष सम्पन्न प्रथम लियो कपको उपाधी रोट्रयाक्ट क्लब अफ दमौलीले जितेको थियो ।
कार्यक्रमको उद्घाटन लायन्स डिष्ट्रिक ३२५ बि १ का गभर्नर अशोक कुमार श्रेष्ठले गर्ने र प्रतियोगिताको समापन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गर्ने आयोजकले जनाएको छ ।
लियो क्लब अफ तनहुँका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्वमा भएको उक्त पत्रकार सम्मेलनमा लायन्स क्लब अफ तनहुँका अध्यक्ष प्रताप गुरुङ, लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ (राकु), लायन्स क्लब अफ तनहुँ भानुभक्तका निवर्तमान अध्यक्ष कविराज श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत क्लबका प्रथम उपाध्यक्ष युवराज भण्डारीले गरेका थिए भने कार्यक्रमको संचालन क्लबका सचिव सुदिप गफर (गोफ्ले)ले गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?