पोखरा, ३ फागुन । गर्भवती र सुत्केरी महिलाको अकालमै ज्यान जाने गरेको भन्दै गण्डकी सरकारले हेलिकोप्टरमा निशुल्क उद्धार गर्ने निर्णय पनि गरेको छ । जोखिममा परेका सुत्केरी र गर्भवती महिलाको हेलि उद्धार (एयर लिफ्टिङ) गर्न कार्यविधि समेत पारित गरेको छ ।
‘कोही पनि महिला सुत्केरी हुँदा जोखिममा पर्नुपर्दैन । सरकारले उनीहरुको उद्धार गर्छ, निर्णय सार्वजनिक गर्दै चुमानले भने–हेलि उद्धारमा लाग्ने खर्च पनि सरकारले नै ब्यहोर्छ ।’ गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्तालमा एयरलिफ्ट गर्ने कार्यविधी’ पारित भएको हो ।
एयर लिफ्टिङ गर्दा स्थानीय स्तरमा उपचाररत स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ । ‘जोखिम हो वा होईन स्थानीय स्तरमै रहेका स्वास्थ्यकर्मीले जानकारी गराउँछन् । उनीहरुको सिफारिसको आधारमा प्रदेशको फोकल समितिले निर्णय गर्छ, चुमानले अघि भने–सम्बन्धित मन्त्रालयको समन्वयमा तत्काल हेलिकोप्टर पठाएर उद्धार गर्ने र सुविधासम्पन्न अस्पतालमा पु¥याउने काम हुन्छ ।’ उद्धारमा सहजताका लागि सिफारिस समितिको सचिवलाई संयोजक तोक्ने उनले जानकारी दिए । सरकारले तत्काल उपलब्ध हुन सक्ने जुनसुकै हेलिकोप्टर पनि प्रयोग गर्न सक्ने चुमानले बताए ।
बैठकले प्रदेश मातहत आएका सबै अस्पतालमा प्रदेश सरकारले काम थाल्ने निर्णय गरेको छ । यसअघि संघ अन्तर्गत रहेका जिल्ला जनस्वास्थ्य र स्वास्थ्य कार्यालयहरुमा प्रदेश सरकारले आफ्नो कार्यालय खोल्ने सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिईन् ।
सम्बन्धित खबर
लक्ष्मी ग्रुपको ५२ औं कर्पोरेट डे मा ८५ जनाले गरे रक्तदान
फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत
भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ