पोखर । यही फागुन ७ गते पोखरामा हुने ु१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनु को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले प्रतियोगिताको तयारी बारे जानकारी गराउँदै अघिल्लो संस्करण भन्दा १३ औं संस्करणमा आफूहरु बढी उत्साहित भएको बताए ।
प्रतियोगितालाई सफलपार्न २६ वटा उपसमिति बनाएर र तयारी तिव्र पारेको जनाउदै अध्यक्ष गुरुङले हाल सम्म ३ सय ५७ वटा संघ–संस्था संग समन्वय गरी अघि बढेकाले थप उत्साहित भएको बताए । उनले अहिले विभिनन संघसंस्था तथा खेलप्रेमी महानुभावबाट सहयोग समेत उपलब्ध भइरहेको बताए । शनिबार आयोजित्र पत्रकार सम्मेलनमा विभिन्न संस्थाहरुले सहयोग रकम हस्तान्तरण पनि गरे ।
प्रतियोगिताले पोखरा महानगरपालिकाका १७ वटा वडाहरुलाई छुने बताउँदै अध्यक्ष गुरुङले वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे ।
प्रतियोगितामा जापान, चाईना, फ्रान्स सहितका युरोपका समेत धावकहरु सहभागी हुनेभएको उनले जनाए । म्याराथनको ४२ किलोमिटरको दुरीलाई १२ भागमा बिभाजन गरी एम्बुलेन्स सहितको स्वयम सेवकको राम्रो प्रवन्ध मिलाएको अध्यक्ष गुरुङको भनाई थियो । मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले यसपटक प्रविधीमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए ।

तस्बिरः सुदर्शन रंजित
सम्बन्धित खबर
टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल खेल्ने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो