तनहुँ । रोटरी क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ दमौली र युनि क्याम्पसको संयुक्त आयोजनामा दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । आगामी चैत ६ गते फागुपुर्णिमाको अवसरमा क्लबले दमौलीमा होली महोत्सव गर्ने बारे शनिवार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना आदन प्रदान गर्दै, सामाजिक सद्भाव, परिचयआत्मक, मनोरञ्जन हुने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताए ।
मनोरञ्जनको माध्यमबाट स्थानीय व्यापार व्यवसायको प्रवद्र्धन गर्नको लागि पनि होली महोत्सवको उद्देश्य रहेको श्रेष्ठले प्रष्ट पारे । सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ ।
होलीको दिन रंगसँगै घइटो फुटाई, डोरी तान्ने, बास्केट बल लागयतका खेलहरु पनि रहने । यो कार्यक्रम १४ घण्टा सम्म चल्ने छ । होलीलाई विशेष बनाउनेको लागि स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने श्रेष्ठले बताए । यस कार्यक्रममा पुरै डिजेको म्युजिक दिनै भरि हुनेछ । ठाउँ ठाउँमा पानीको फोहोरा समय समयमा आउने महोत्सवको आकर्षण रहेका छन् ।
कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ दमौली अध्यक्ष बिपिन श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्रयाक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्रयाक्टले संयुक्त रुपमा गर्ने भएको हो ।
दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहेको रोट्रयाक्ट क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउतले बताए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा