तनहुँ । जेसिआइ व्यासनगरको रजत जयन्ती मंगलबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जेसिज नेपालका राष्ट्रिय अध्यक्ष महेश पौडेल रहेका थिए ।

सो अवसरमा प्रमुख अतिथि पौडेलले जेसिज असल नागरिक उत्पादन गर्ने सस्था भएको बताए । सामाजिक क्षेत्रमा अग्रसर युवा लाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने स्थान समेत भएको उनले बताए । त्यस्तै समाज रुपान्तरणमा निरन्तर लाग्न जेसिजका सदस्यहरु लाई उनले अनुरोध समेत गरे । जेसिआइ व्यासनगर संग उनको धेरै लामो सम्बन्ध रहेको उनले बताए ।
कार्यक्रममा जेसिजका संस्थापकहरु लाई सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि लायन्स डिस्ट्रिक ३२५ बि १ का गवर्नर अशोक कुमार श्रेष्ठले युवा लाई सहि मार्गमा अगाडि बढाउन जेसिआईको महत्त्वपूर्ण भुमिका रहेको बताए । त्यस्तै जेसिआई व्यासनगरले दोस्रो लियो कप फुटबल प्रतियोगितामा जितेको रकमको केहि प्रतिशत रकम सिन्धु प्राविका भिन्न क्षमता भएका विद्यार्थी लाई प्रदान गरेको छ ।
४० नयाँ सदस्य प्रवेश
त्यस्तै रजत जयन्तीको अवसरमा जेसिआइ व्यासनगरमा ४० जना नयाँ सदस्य प्रवेश गरेका छ्न ।

विभिन्न क्षेत्रका युवाहरु जेसिआइ व्यासनगरमा प्रवेश गरेको जेसिआइ व्यासनगरका अध्यक्ष रमेश गिरिले जानकारी दिए । नयाँ जोशिला युवाको प्रवेश संगै जेसिआइ व्यासनगर युवामय भएको उनले बताए । नवप्रवेशी युवाहरु लाई जेसिज नेपालका राष्ट्रिय अध्यक्ष महेश पौडेलले पिन र जेसिआइ व्यासनगरका अध्यक्ष रमेश गिरिले माला लगाएर क्लबमा स्वागत गरेका थिए ।
कार्यक्रममा न्यु मनकामना बोर्डिङ स्कुलका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन पत्रकार पवन पौडेलले गरेका थिए । सोमबार साझ जेसिआई व्यासनगरले दमौलीमा मोटरसाइकल र्याली समेत निकालेको थियो ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन