नेगम परियार, मनाङ । बवश्वमै प्रशिद्ध अन्नपूर्ण पैदलमार्ग बारे जानकार नभएका त कमै होलान् । लम्जुङको बेशीशहर हुँदै मनाङ जिल्लाको थोरङ्ला पास गरेर मुस्ताङको मुक्तिनाथ मन्दिर हुँदै जोमसोमबाट पोखरासम्मको पैदल यात्रा मार्ग नै अन्नपुर्ण पैदलमार्ग हो ।

विशेष गरी लम्जुङ जिल्लाको बेशीसहरबाट सुरु गरिने यो पैदल मार्गमा मुस्ताङबाट पनि आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ जिल्ला हुँदै लम्जुङ आउने गर्दछन् । तर, धेरैमात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरु लम्जुङको बेशिसहरबाट नै जाने गर्दछन् ।
तर, मनाङमा परेको भारी हिमपातका कारण मुस्ताङतिरबाट मनाङ आउने पर्यटक मुस्ताङ तिरबाटै फर्केका छन् भने यता मनाङ जिल्ला हुँदै मुस्ताङ जाने पर्यटकहरु पनि मनाङ तिरबाटै फर्कने गरेको छन् ।

हाल मनाङ जिल्लाको सदरमुकाम चामेसम्म सवारी साधनबाट र पैदल यात्रामा पर्यटकहरु आईपुगेता पनि चामेभन्दा माथिका भेगहरुमा बाक्लो हिउँ जमेका कारण सवारी साधन समेत जान नसकेको र पैदल यात्रा गरेका जाने आन्तरिक तथा बाह्य पर्यटकहरु पनि जान नसकेपछि आन्तरिक तथा बाह्य पर्यटकहरु आफ्नो गन्तब्य पूरा नगरिकन नेक्स्ट टाईम भन्दै फर्कन थालेका छन् ।
कोरियन पर्यटक ल्याएका एक जना गाईडले भने बल्ल बल्ल पिसाङसम्म त पुग्यौ तर त्यसभन्दा माथि पर्यटकहरु जान नसकेपछि फर्किएको चामेमा बिशाल राईले बताए ।

हिमपातको समयमा पनि पर्यटकहरु राम्रो मात्रामा मनाङ आएको र हिउँ खेल्न आन्तरिक पर्यटकहरु पनि राम्रै मात्रामा आएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलका संरक्ष्ण कार्यालय मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले बताए । बाक्लो हिमपात भएकोले मनाङको थोरङगला पास गरि मुस्ताङ पुग्न त परैको कुरा मनाङ जिल्लाको उपर मनाङसम्म पनि पर्यटकहरु पुग्न धौधौ रहेको छ ।

कति पर्यटकहरु मनाङका माथिल्ला भेगहरुका होटलमै रोकिन परेको पनि होटल व्यवसायीहरुले बताए । उनीहरु मौषमको अनुकुलता मिलाएर फर्कने गरेका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ