श्यामशितल परियार , लमजुङ । लमजुङको क्वहोलासोँथर गाउँपालिका–४, मा रहेको पर्यटकीय गाउँ भुजुङमा १५ औँ लालीगुराँस फुटबल कप प्रतियोगिता २०७५ हुने भएको छ ।
महाशिवरात्रीको अवसरमा स्थानीय लालीगुराँस युवा क्लवको आयोजनामा भुजुङमा फुटबल प्रतियोगिता हुने भएको हो ।
भुजुङमा फागुन २० गतेदेखी प्रतियोगिता सञ्चालन हुने बुधबार बेसीशहरमा पत्रकार भेटघाटमार्फत जानकारी गराईएको छ ।
गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने हेतुका साथ फुटबल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष नौराज गुरुङले बताए ।
क्लवका सचिव यम बहादुर गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने फुटबल समूहले पुरस्कार स्वरुप नगद १ लाख ५ रुपैयाँ, स्वर्ण पदक र कप पाउने छ ।
यस्तै, दोस्रो हुने फुटबल समूहले नगद ५० हजार ५ रुपैयाँ, रजत पदक र कप पाउने छ । प्रतियोगिताका सेमिफाइनलतर्फका दुई फुटबल समूहले नगद १०÷१० हजार रुपैयाँ पाउने छन् ।
उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद ५÷५ हजार र मेडल पाउने छन् । अनुशासित टिमलाई ट्रफीको व्यवस्था गरिएको छ । भुजुङमा विगत लामो समयदेखी होमस्टे सञ्चालन हुँदै आएको छ ।
सम्बन्धित खबर
मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट
‘रवीन्द्र साझा नेता हुन्, एमालेको मात्र भनिएमा अन्याय हुन्छः काँग्रेस
कांग्रेसले गण्डकीका सभामुखलाई देखायो संसद् बैठकमै कालो झण्डा
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, सर्वोच्चको आदेशलाई आधार
स्याङ्जा आँधिखोलामा डुबेर ६८ वर्षीया पविसराको मृत्यु
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग