तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार बिहानै लागुऔषध सहित ओसारपोसारमा संलग्न ब्यक्ति लाई पक्राउ गरेको छ ।
मंगलबार रात्रीकालिन बसलाई लक्षित गरी प्रहरीले व्यास नगरपालिका वडा नं १२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागुऔषध सहित ओसारपोसारमा संलग्न पोखरा महानगरपालिका वडा नं १६ अमरदिप बस्ने बर्ष २५ को मिलन गुरुङ पक्राउ परेका हुन ।
बुधबार बिहान २ : १५ बजेको समयमा काठमाण्डौबाट पोखरा तर्फ जान आउँदै गरेको बा ४ ख ७७१४ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्दा मिलन गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
गुरुङले शंकास्पद हरकत देखाएकोले बसमा सवार अन्य यात्रुहरु र बसका स्टाफ समेतको रोहबरमा उनलाई नियन्त्रणमा लिई तलासी लिँदा उनको साथमा रहेको झोला भित्र लुकाई राखेको अवस्थामा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
२ मिलको डाईजेपाम लेखेको तरल पदार्थ सहितको शिशी थान १२१, फेनरागन लेखेको २ मिलिको तरल पदार्थ सहितको शिशी थान १२० र नुफिन लेखेको २ मिलिको तरल पदार्थ सहितको शिशी थान १११ गरि जम्मा शिशी थान ३५२ थान लागु औषध पोखरा तर्फ लैजान लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानाएको छ ।
गुरुङलाई पक्राउ गरी लागु औषध मुद्धामा बुधबार नै जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तो छ लागु तनहुँमा औषधको तुलनात्मक विवरण :
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अघिल्लो आ ब २०७४/७५ को श्रावण देखी फाल्गुण ८ गते सम्म डाईजेपाम, नुफिन र फेनरागन गरी जम्मा ४६९ एम्पुल समातिएको थियो ।
त्यस्तै नाईट्रोभेट ४५ पिस र गाँजा २९० ग्राम बरामद भएको थियो । लागुऔषध सहि गतवर्ष १४ जना पक्राउ परेका थिए । जसमा पुरुष १३ र महिला १ जना रहेका थिए ।
त्यस्तै यस आ ब २०७५/७६ को श्रावण देखी फाल्गुण ८ गते सम्म डाईजेपाम, नुफिन र फेनरागन गरी जम्मा २,९८० एम्पुल बरामद गरिएको छ ।
त्यस्तै ट्माडोल ५३० चक्की र गाँजा १६ किलो ८३० ग्राम बरामद भएको छ । लागुऔषध सहि यसवर्ष ५६ जना पक्राउ परेका छन । जसमा पुरुष ५२ र महिला ४ जना रहेका छन ।
सम्बन्धित खबर
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !