किरण श्रेष्ठ, तनहुँ । जिल्लामा ट्राफिक व्यवस्था सुधारका लागी जिल्ला ट्राफिक कार्यालय तनहुँले सक्रियता देखाएको छ । पछिल्लो समय सदरमुकाम आसपासमा सवारी चेकिङलाई तिव्रता दिनुका साथै चेतनामुलक कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियमको पालाना गराउन र राजमार्गमा सवारी साधान प्रयोगबाट हुने अपराधिक कृयाकलापको रोकथाम एवं नियन्त्रणमा लिने उदेश्यले तनहुँ ट्राफिकले छड्के चेक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट परिचालित संयुक्त सवारी चेकजाँच टोलीले गत फागुन ६ गते सोमबार राजमार्गको विभिन्न स्थानमा चेक प्वाईन्ट राखी सवारी साधान चेकजाँच गरेको थियो ।
सो क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी धनी किताब तथा सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने लगायत सवारी तथा यातायात व्यवस्था ऐन र ट्राफिक नियमको उल्लंघन गरी सवारी साधान चलाउने पक्राउ गरेको प्रहरिले जनाएको छ ।
यसरि पक्राउ परेका ३२ जना सवारी चालकहरुलाई ट्राफिक कार्यालयमा कार्यरत प्रनाउ श्यामु अर्याल र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रनानि पुर्ण बहादुर अधिकारीले सवारी ऐन, नियम तथा ट्राफिक नियम सम्बन्धी चेतनामुलक प्रशिक्षण दिएका थिए ।
नियम विपरीत सवारी चलाउने उपर नियामानुसारको कार्वाही गरी नियन्त्रणमा लिईएका सवारी साधान सम्बन्धित धनीलाई जिम्मा दिईएको थियो ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा