तनहुँ । तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा बिहिवार एमबिएस प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थी संग अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा त्रिवि व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरेले सेमेस्टर प्रणालीमा प्रयुक्त हुने शिक्षण विधि तथा मुल्यांकन प्रणालि एवं विद्यार्थिले ध्यान दिनुपर्ने विषयमा अभिमुखिकरण गराएका थिए ।
क्याम्पसको व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत, उपाध्यक्ष र श्रीराम कार्कीले नव आगन्तुक विद्यार्थी लाई स्वागत गरेका थिए ।
उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देब कुमार श्रेष्ठले सफल २ विद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान गर्ने तथा विभागलाई कम्पुटर दान गर्ने प्रतिबद्धता गरेका थिए ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको नीति तथा कार्यक्रमको बारेमा प्रस्तुति दिएका थिए ।
सहायक क्याम्पस प्रमुख आत्मराम बास्तोला संचालन गरेको उक्त कार्यक्रममा स्वागत बसन्त कडेलले गरेको थिए कार्यक्रममा एमबिएस अध्ययन गर्ने दुई सेक्सनका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन