तनहुँ । आदिकवि भानुभक्त क्याम्पस विज्ञान तथा प्राविधि विभाग तथा शिक्षा शास्त्र बिभागको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता शुक्रबार बिहान क्यम्पसमा सम्पन्न भएको छ ।
शिक्षा संकायमा स्नातक तह तर्फ विज्ञान र गणित समुहका पाइथागोरस, न्युटन, आर्किमेडिज, डार्विन र बोर गरि ६ समुहहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिता स्नातक विज्ञान प्रथम वर्ष शिक्षा समुहकी छात्रा सुनिता तिवारिले संचालन गरेकी थिइन । प्रतियोगितामा डार्विन समुहको सकित पन्थ, अनिल रानाभाट र केशिका थापा प्रथम भएका छ्न । सुरक्षा पदुमाया र सुरेन्द्र दोश्रो र अभिषेक सापकोटा पुर्णिामा क्षेत्री र सुरेन्द्र भन्डारि तृतीय भएका छन ।
विज्ञान तथा प्राविधिक विभाग प्रमुख राजन घिमिरेको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रथम द्वितीय र तृतीयलाई क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले क्रमशः ३ हजार, २ हजार र १ हजार पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय आत्मराम बास्तोला र सदाखर तिमिल्सिना तथा स्व बि यु अध्यक्ष दुर्गा भण्डारी लगायतले बधाई ज्ञापन गरेका थिए ।
स्वागत स्नातक प्रथम शिक्षा समुहका विद्यार्थी सन्देश अधिकारिले गरेका थिए । पुरस्कारको सौजन्य शिक्षा शास्त्र बिभाग प्रमुख कल्पना लम्साल र बिज्ञान तथा प्राविधिक बिभाग प्रमुख राजन घिमिरेले गरेका थिए ।
कार्यक्रममा बिभागका प्राध्यापक तथा बिध्यार्थिहरु सबैकोको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो