तनहुँ । व्यास नगरपालिका–१ स्थित ठुलोगाउँ टोल विद्युतीय नाङ्गो तार रहित बनेको छ । ठूलोगाउँ टोल विकास संस्थाले विद्युतीय नाङ्गो तार रहित पहिलो टोल बनेर उदाहरणीय कार्य गरेको छ ।
शनिबार एक कार्यक्रमका विच व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विद्युतीय नाङ्गो तार रहित टोल घोषणा गरेका छन् । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले नाङ्गो तार रहित टोल भएर उदारणीय बनेको भन्दै यस्ता कामको अनुसरण गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले यस टोलले शुभ कार्य गरेर मार्ग दर्शकको रुपमा अगाडि बढेकोले अब नगरपालिकाले समेत यसको सिको गर्नुपर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण दमौली वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीले आफ्नो कार्यकालमै जिल्लालाई नै नाङ्गो तार रहित बनाउने योजनामा रहेको बताए ।
उनले भने ‘स्रोतको अभावले गर्दा सहज र भनेको समयमा काम गर्न सकिदैन, यसको कार्यान्वयनका लागि बजेटको व्यवस्थापन हुनुपर्छ ।’ जिल्लामा हालसम्म ८३ प्रतिशत मात्रै विद्युतीकरण गर्न सफल भएको उनले बताए ।
टोल क्षेत्रभर एविसी तार जडान गरी सुरक्षित र जोखिममुक्त बनाइएको छ ।
नाङ्गो तारको कारणले गर्दा हुनसक्ने विभिन्न दुर्घटनाबाट टोलवासीलाई जोगाउन सफल भएको टोलका अध्यक्ष मेजर रामबहादुर केसीले जानकारी दिए ।
नाङ्गो तार रहित टोलमा १७० घरधुरी रहेका छन् ।
टोलका अध्यक्ष मेजर रामबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास–१ का वडा सदस्यहरु चुडामणि दाहाल, चन्द्रकुमारी सुनार, राधिका पन्थ, अडमपानी टोल विकास संस्थाका सचिव दीपा आचार्य, हाइस्कुलटार टोल विकास संस्थाका सचिव हरि खनाल, लालिगुरास आमा समूह ठूलोगाउँकी अध्यक्ष शारदा बसौला लगायतले नाङ्गो तार रहित टोल भएपछि जोखिम कम भएको महशुस भएको खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव रुमबहादुर थापाले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन