तनहुँ । कुनैपनि मुलुकले संविधान पटक—पटक परिवर्तन गर्दा मुलुकमा बढी अस्थिरता हुने हुँदा संविधान बढि परिवर्तन गर्न नहुने संविधानविद डा. भिर्माजुन आचार्यले बताए ।
सो कुरा संविधानविद डा. आचार्यले शनिबार व्यास नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरु स्थानीय सरकारमा अधिकार र सीमाहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा बताएका हुन् । बोलिभियाले सबैभन्दा लामो ४११ धाराको लामो संविधान लेखेको उनले बताए ।

संविधानमा मौलिक हक अधिकार लेखिनु राम्रो हो तर त्यसलाई कार्यनयन गर्न नसक्नु ठिक नहुने संविधानविद डा.आचार्यले बताए । “स्थानीय तह नेपालको आवश्यकता हो तर प्रदेश होइन डा.आचार्यले भने ।”
त्यसक्रममा आचार्यले निर्वाचित जनप्रतिनिधीहरले सरल र सहज रुपमा सार्वजनिक सेवा दिनुपर्ने, शासन व्यवस्थामा जनताको पहुच र सहभागिता हुनुपर्ने, स्थानीय स्रोत साधान माथि जनताको पहुँच हुनुपर्ने, स्थानीय साधान स्रोतको लाभांस न्यायोचित ढंगले वितरण हुनुपर्ने, सामाजिक, आर्थिक तथा साँस्कृतिक विकास र पहिचानको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए ।

त्यसक्रममा संविधानविद डा. आचार्यले विश्वका अन्य मुलुकहरु संविधानको विषयमा केही जानकारी नरहेको अवस्थामा नेपालमा भने संविधानको जग हाल्ने काम भएको बताएका थिए ।

तर यतिबेला नेपालीहरुलाई संविधानको विषयमा तिनै मुलुकहरुले पाठ पढाईरहेको आचार्यको भनाई रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’