पोखरा । विवेकशील साझा पार्टी ‘ठूलो माछा समाउ’ भन्दै अख्तियार कार्यालय पुगेको छ । पार्टीको राष्ट्रव्यापी कार्यक्रम अनुसार विवेकशील साझा गण्डकीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखरा पुगेर ध्यानाकर्षण गराएको हो ।
पार्टीले भ्रष्टाचार गर्ने साना कर्मचारीलाई मात्र होइन, ठूला कर्मचारी, नेता, मन्त्रीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन दबाब स्वरुप कार्यक्रम गरेको हो । ठूला माछा नसमाएकाले व्यंग्यात्मक रुपमा ठूलो माछाको प्रतिक समेत प्रर्दशन गरी सरकारले सुनोस् भनेर शंख घण्ट समेत फुकेका थिए ।

विवेकशील साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारी, केन्द्रीय सदस्य शुशिला केसी अधिकारी नेतृत्वमा यहाँका प्रदेश र जिल्ला स्तरीय नेता कार्यकर्ता सहितका टोलीले मंगलबार नयाँबजार स्थित आयोगको क्षेत्रीय कार्यालयमा पुगी अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाए ।

प्रमुखको अनुपस्थितिमा आयोगका उपसचिव रमेश ढकाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि आयोगसँग माग गरिएको छ । भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अयोगको ध्यानाकर्षण गराइएको छ ।
सो अवसरमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘बोलौं साथी बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’, भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म, नेताहरुको सम्पति छानविन गर लगायत लेखिएका प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।
माछाको प्रतिकमा वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार, गण्डकी मेडिकल कलेजबाट विद्यार्थी लुटिएको काण्ड का बारेमा लेखिएको छ ।

यस्तै, विवेकशील साझाले हेम्जामा पनि प्रदर्शन गरेको छ । पोखरा वडा नं. २५ का वडाध्यक्ष विश्वाज पौडेलको नेतृत्वमा मिलनचोकमा प्रदर्शन गरिएको छ ।

यसैगरी, गण्डकी प्रदेश अन्तर्गत नवलपुरको कावासोतीमा पनि प्रदर्शन गरिएको छ । युवादेखि वृद्धसम्मको सहभागिता रहेको थियो ।

अख्तियार काठमाण्डौं सहित सुर्खेत र धनगढीको कार्यालयमा पुगेर पनि ध्यानाकर्षण गराएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो