श्यामशितल परियार, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–१०, कोईरालाफाँटमा रहेको कोईरालाफाँट युवा क्लवले ‘इलाभन ए साइड’ खेल मैदान निर्माण गरेको छ ।
सुन्दरबजार नगरपालिका, वडा, स्थानीय जयबहादुर दुराका साथै देश–विदेशमा रहेका सहयोगी व्यक्तिहरुको सहयोगमा क्लवले १७ रोपनी जग्गामा पार्किङसहितको खेल मैदान निर्माण गरेको हो ।
यसअघि, क्लवको ‘सेभेन ए साईड’ खेल मैदान थियो । गाउँघरमा लुकेर रहेका खेल प्रतिभाको उजागरका साथै स्थानीयस्तरबाटै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अहिले खेल मैदान विस्तार गरी ‘इलाभेन ए साइड’ खेल मैदान निर्माण गरिएको क्लवका अध्यक्ष तीर्थराज ढकालले जानकारी दिए ।
उनका अनुसार क्लवले १२ लाख खर्चेर किनेको ११ रोपनी जग्गा र स्थानीय जयबहादुर दुराले दान गरेको ६ रोपनी जग्गा गरी कुल १७ रोपनी जग्गामा खेल मैदान फैलिएको छ ।
गएको माघ १५ गतेबाट सुरु भएको खेल मैदान निर्माण कार्य फागुन ८ गते सकिएको हो ।
नव–निर्मित खेल मैदानको लम्बाई १ सय मिटर र चौडाई ७० मिटर रहेको छ ।
खेल मैदानमा प्याराफिट, तटवन्ध, रिटेनिङ वाल, वेस्ट वालका साथै भवन निर्माण गर्ने लक्ष्य क्वलले लिएको छ ।
जयबहादुर दुराले आफ्नो स्वर्गीय बुवा सुवेदार मेजर टेकबहादुर दुरा र स्वर्गीय आमा धनश्री दुराको स्मृतिमा नगद २ लाखको साथमा ६ रोपनी जग्गा खेल मैदान निर्माणका लागि क्लवलाई प्रदान गरेका हुन ।
यस्तै, खेल मैदान सम्याउनका लागि सुन्दरबजार नगरपालिकाकाले सहयोग गरेको हो । सुन्दरबजार नगरपालिका वडा नं १० ले खेल मैदान निर्माणको लागि गतवर्ष २ लाख विनियोजन गरेकोमा यसवर्ष पनि ३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
च्वाईस नेपालले ५० हजार रुपैयाँका सहयोग गरेको छ । खेल मैदान निर्माणमा देश–विदेशमा रहेका विभिन्न सहयोग व्यक्ति तथा संघसंस्थाले पनि सहयोग प्रदान गरेको कोईरालाफाँट युवा क्लवले जनाएको छ । क्वले नयाँ खेल मैदानमा फागुन १४ गते मंगलबारबाट नवौँ कोईरालाफाँट रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालन गर्दैछ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला