अश्विन दानी, पोखरा । ‘दिन रात नभनी गोरु जात्नेदेखि ज्याला मजदुरी गर्दा पनि बच्चा बच्चीलाई सरकारी स्कूलमा पढाउन र बिहान बेलुका हातमुख जोड्न पनि धौ धौ हुन्थ्यो । अब मेरो दुई वटै मृगौलाले काम नगर्ने भएको छ’ गोरखाको बारपाक सुलिकोट गाउँपालीका वडा नम्बर ७ का ४१ बर्षिय कर्ण बहादुर गुरुङले गण्डक न्यूजसँग भने, ‘मैले दिनरात नभनी काम गर्दा त घर खर्च पु¥याउन गाहे हुने मेरो घरमा अब म नै बाँचिन भने के होला ?’
दुबै मृगौलाले काम नगर्ने भएका कर्णको घरमा उनकी श्रीमती, एक छोरा अनि छोरी मात्रै छन् । ज्याला मजदुरी गरेरै परीवार पाल्ने गरेका कर्ण आफ्नो दुबै मृगौलाले काम नगर्ने भएपछि परीवारको भबिश्य सोच्दै चिन्तीत हुने गरेका छन् ।
‘दिनरात काम गर्दा त मिठो मसिनो खान सक्ने क्षमता थिएन’ उनले भने, ‘आफु यो अबस्थामा पुगेँ । उपचार गर्ने पैसा नभएकाले बाँच्ने या मर्ने समेत ठेगान छैन । यदी म मरे भने मेरो छोराछोरी र श्रीमती कस्को आधारमा बाँच्छन् कुन्नी !’
परीवारको आय स्रोत भनेकै आफ्नो ज्याला मजदुरी रहेको बताउँदै उनले उपचार गर्न आफुसँग भएको सबै धन सम्पती बेचेपनि नपुग्ने बताए ।
‘भएजति सबै धन सम्पती बेचेर पनि उपचार गर्न पैसा पुग्दैन’ उनले दुखी हुँदै भने, ‘अलिअलि भएको सम्पती बेचेर पनि उपचार गर्न पैसा पुग्दैन । फेरी त्यही बेचेर पनि मलाई केही भयो भने के गर्ने ?’
‘उहाँलाई बाचाई दिनुस् नत्र हामी साहारा बिहीन हुन्छौँ’
श्रीमनको मृगौला परीवर्तन गर्न नसके परीवार साहारा बिहीन हुने भन्दै उपचारका लागि आबश्यक आर्थिक सहयोग गरीदिन कर्णकी श्रीमती मंगली गुरुङले सबैलाई आग्रह गरेकी छिन् ।
‘हाम्रो खेत बारीमा बर्षभरी गरेको दुखले तीन महिना पनि खान पुग्दैन’ मंगलीले भनिन्, ‘आजसम्म उहाँले नै गरेको ज्याला मजदुरीको कमाईले जेनतेन परीवारको गुजारा गरीरहेका थियौँ । अब उहाँको नै दुई वटै मृगौला खराब भएको छ तरपनि उपचार गर्ने पैसा छैन ।’
श्रीमानको सफल उपचार हुन नसके परीवारको बिचल्ली हुने भन्दै उनले आफुलाई सहयोग गरीदिन सबैलाई अनुरोध गरेकी छिन् । ‘उहाँलाई केही भयो भने बालबच्चालाई कसरी पढाउने ? कसरी हुर्काउने ?’ उनले भनिन्, ‘सबैले हाम्रो परीवारलाई दया माया गरेर सक्दो सहयोग गरीदिनु भया भने उहाँलाई बचाउन सकिन्थ्यो ।’
गुरुङको उपचारमा सहयोग गर्न चाहानेहरुले ९८२४१६४७०४ अथवा ९८०१०६५५१३ मा सम्पर्क गर्न सकिने छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना