प्रायः अधिकारका कुरा शहरमा गरिन्छ । होटल, पार्टी प्यालेसका सभाहलमा गरिन्छ । अधिकारका चर्का कुरा गरिन्छ । तर सरोकारवालालाई पत्तै हुन्न । नारी जागरण अभियानले १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस चलनचल्ती भन्दा अलिक भिन्न तबरले मनाएको छ ।
पोखराको रामघाटमा गिटी बालुवा चालेर दैनिकी चलाउने श्रमिक महिलाहरुसंग नै बसेर यो दिवस मनाइएको हो । अभियानका संयोजक अञ्जु केसीका अनुसार विभिन्न संघसस्थाहरुले होटल तथा रेष्टुरेण्टहरुमा महिला दिवस मनार्इरहँदा आफुहरुले रामघाटमा गिटी बालुवा चालेरै आफ्नो दैनिकी चलाइरहेका महिलाहरुलाई लक्षित दिवस मनाएको बताईन् ।
रामघाटमा काम गर्ने महिला श्रमिकहरु ५० जनालाई डोको र नाम्लो वितरण गर्नुका साथै दुइ जना जेष्ठ महिला सदस्यहरु लाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ७८ वर्षिया दुत कुमारी परियार र ७५ वर्षिया दिवा परियार छन् सम्मानितहरुलाई गण्डकी प्रदेश सांसद प्रभा कोइराला र अभियानका अभियन्ताहरुले दोसल्ला ओढार्इ सम्मान गरेका थिए ।

उक्त अवसरमा गण्डकी प्रदेशका सांसद कोइरालाले महिला दिदीबहिनी, त्यसमा पनि खोलाका किनारमा ढुंगा बालुवासंग जुध्दै आफ्नो जिन्दगी चलाउनु निकै कठिन काम भएको बताउँदै महिला दिदी बहिनीहरुलाई सीपमुलक काम गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड दिर्इन् । महिला दिदी बहिनीहरु शिक्षाको पहुँचबाट टाढा हुन पुग्दा निकै कठिन जीवन यापन गर्न बाध्य हुनुपरेको बताउँदै आफ्ना सन्ततिहरुलाई शिक्षा दिन तर्फ समेत आग्रह गरिन् ।
रामघाट मजदुर महिला संघकी अध्यक्ष मनमाया गुरुङले अहिले सम्म पोखरामा रहेका कुनै पनि संघ संस्थाले आफूहरुको बारेका कुनै चासो नदिएको र आफुहरुलाई महिला दिवसको बारेमा केही थाहा नभएको अवस्थामा नारी जागरण अभियान पोखराले गिटी बालुवा संकलन गर्ने आफुहरुको बारेमा चासो लिएर डोको नाम्लो सहयोग गरेकोमा आफुहरु निकै खुसी भएको बताइन् । ढुंगा बालुवा गिटीसंग जुध्दै दैनिकी गुजार्न निकै कठिन परेको भन्दै जिवनयापनका लागि आफूहरुको बाध्यता भएको बताइन् । कार्यक्रममा अभियन्ताहरु सत्य खनाल, सरु अधिकारी लगायतले बोलेका थिए ।

नारी जागरण अभियान पोखराका अभियन्ता यशोदा भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कमला पहारी र कार्यक्रमको सञ्चालन लक्ष्मी अधिकारीले गरेकी थिइन् । पोखराको रामघाट किनारमा दैनिक १ सय ७० जना महिलाहरुले दैनिक गिटी बालुवा संकलन गर्ने काम गर्दै आइरहेका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु