तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागुऔषध सहित एक जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रेनगढ नगरपालिका वडा नं.९ बस्ने बर्ष २१ को रेयाज खाँ पैठान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शनिबार बिहान २ बजेको समयमा तनहुँको व्यास नगरपालिका वडा नं.१२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा पैठान लाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
रौतहटबाट पोखरा तर्फ जादै गरेको ना ४ ख ९८३१ नं.को बसमा सवार रहेका प्रतिवादी रेयाज खाँ पैठान पक्राउ परेका हुन ।
पठानको साथबाट नुफिन लेखेको तरल पदार्थ सहितको शिशी थान १५, बुप्रेनोर्फिनको शिशी थान १०, फेनेरेगन लेखेको 2 मिलिको शिशी थान २५, डाइजेपान इन्जेक्सन शिशी थान १५, डाइजेपान इन्जेक्सन लोरि शिशी थान १० र इन्ट्राजेपामको पत्ता ५ वटा पत्तामा रहेको १५० वटा चक्की लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध बरामद गरी रेयाज खाँ पैठानलाई पक्राउ गरी लागुऔषध मुद्धामा आइतबार नै जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन