पोखरा १६ कार्तिक । पृथ्वीचोकको मुख्य सडकवाटै यात्रु चढाउने र झार्ने गरिएकोमा विहीवारदेखी भने पृथ्वीचोक वसपार्कवाट मात्रै बसहरु छुट्ने भएका छन् ।बसपार्क नहुँदा यातायात व्यवसायीले मुख्य सडकमै वस पार्किङ्ग गर्दै आएका थिए ।
चार दशक भन्दा अघि बसपार्क वनाउनकै लागि जग्गा अधिग्रहण गरिएपनि राजनीतिक खिचातानीले वसपार्क नवन्दा यातायात व्यवसायीले मुख्य सडकवाटै वस छुटाउने गरेका थिए । वसपार्कको लागि छुटईएको जग्गामा सुकुम्वासी र पहुँचवालाहरुले कव्जा जमाएर वस्दा वसपार्कको जग्गा अतिक्रमण हुँदै आएको छ । पोखरा उपत्यका नगरविकास समिति तथा सरोकारवाला निकायहरुले वसपार्कको जग्गा अतिक्रमण गरेर वसेकाहरुलाई अझै पनि हटाउन सकेको छैन ।
पोखरा लेखनाथ महानगर पालिकाले केही दिन पहिला सार्वजनिक सूचना मार्फत वसपार्क भित्र रहेका ग्यारेज तथा अस्थाथी संरचनाहरु हटाएपछि अहिले खाली जग्गालाई वसपार्कको रुपमा उपयोग गरिन लागेको हो ।

पोखरावाट वाहिरिने लामो तथा छोटो दुरीका सवैवसहरुले अव वसपार्कवाट मात्रै यात्रु चढाउने र ओराल्ने गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई शिव थापाले जानकारी दिए । अन्यत्रवाट पोखरा आउने वसहरुले पनि अव वसपार्कमा लगेर मात्र यात्रु झार्नु पर्ने छ । अन्य जिल्लावाट पृथ्वीचोकको वाटो हँदै जाने वसहरुले पनि सिर्जनाचोकदेखी वुद्धचोकसम्मको क्षेत्रमा यात्रु चढाउन नपाउने उनले वताए ।
वाग्लुङ्गवाट पोखरा हुँदै स्याङ्जा वुटवल सम्म जाने वसहरुलाई पनि सिर्जनाचोक राष्ट्रवैँकचोक हुँदै वाहिरिने व्यवस्था गरिएको थापाको भनाई छ । वढ्दो सवारी साधनका कारणले पोखरामा पछिल्लो समय ट्राफिक जामले हैरानी वढाएको छ । वसपार्कवाट मात्रै वसहरु छुट्ने व्यवस्था गरेपछि थोरै भएपनि सवारी जामको समस्या समाधान हुेन विश्वास गरिएको छ ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ