शिक्षा क्षेत्रको कार्यसम्पादनका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका गण्डकी प्रदेशका ८५ गाउँपालिकामध्ये उत्कृष्ट घोषित भएको छ । शैक्षिक नेतृत्व, गुणस्तर सुधार, नवप्रवर्तन, संस्थागत विकास र नतिजामुखी कामका आधारमा गाउँपालिकाले राष्ट्रिय स्तरको सम्मान पाएको हो ।
प्रधानाध्यापक सङ्घ नेपालले जनकपुरधाममा आयोजना गरेको तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा गाउँपालिकालाई सम्मान गरिएको हो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले बताए । उनका अनुसार माध्यमिक तहमा ‘एक विद्यालय, एक आईटी शिक्षक’ र ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम लागू गरिएको छ ।
त्यस्तै, गाउँपालिकाभित्रका सबै शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ । विद्यालय कर्मचारी र बालविकास सहजकर्तालाई पनि गाउँपालिकाले न्यूनतम सुविधा उपलब्ध गराउँदै आएको सुवेदीले जानकारी दिए ।
विद्यार्थीको आर्थिक पहुँच र उद्यमशीलता विकासलाई समेत शिक्षासँग जोडिएको गाउँपालिकाले जनाएको छ । यहाँका प्रत्येक विद्यार्थीको बैंक खाता खोलिएको छ भने ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयहरूमा मौरी समूह गठन गर्ने अभ्यास पनि अघि बढाइएको छ ।
अभिभावक सचेतना र शैक्षिक नतिजा सुधारका क्षेत्रमा गरिएको कामका आधारमा पनि फेदीखोला जिल्लामै उत्कृष्ट रहेको गाउँपालिकाको दाबी छ ।
सम्बन्धित खबर
फेदीखोला गण्डकीका ८५ गाउँपालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट
स्याङ्जामा आज पहिलोपटक गुञ्जिँदै छ नेपथ्यको कन्सर्ट
चापाकोट नगरपालिकामा आज सार्वजनिक बिदा
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री
यो पनि पढौँ
पोखराका विवेक थापा: चलचित्रप्रतिको मोहले व्यवसायीबाट बने फिल्म निर्माता
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
१८ वर्षभन्दा कम किशोरकिशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने प्रस्ताव
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य