तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको “रोटा सप्ताह” सोमबारदेखि सुरु भएको छ ।
क्लबले एक हप्ता सम्म विभिन्न कार्यक्रम गरि सप्ताह मनाउने कार्यक्रमका मुख्य संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।
क्लबले फागुन २७ गतेदेखि चैत २ गते सम्म विभिन्न कार्यक्रम गर्ने भएको छ ।
जस अन्तरगत क्लबले पहिलो दिन सोमबार सप्ताहको उद्घाटन तथा रोट्रयाक्टको बारेमा ज्ञानगंगाका विद्यार्थीहरु लाई जानकारी गराइएको थियो ।
रोटा सप्ताह अन्तरगत दोस्रो दिन क्लबले आफ्नो ट्विन क्लब रोट्रयाक्ट क्लब अफ इस्लामाबाद बाङ्लादेश संग संस्कृती आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
तेस्रो दिन वृद्धाआश्रममा खाद्यान्न प्रदान र लियो क्लब अफ तनहुँ संग संयुक्त बैठक गर्न कार्यक्रम रहेको छ ।
त्यस्तै सप्ताहको चौथो दिन क्लबको ब्यानर होर्डिङ बोर्डमा थप्ने तथा पुरानो लाई परिवर्तन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै चैत १ गते रोट्रयाक्ट क्लब अफ दमौलीले रोटरी क्लब अफ दमौली संग संयुक्त बैठक गर्नेछ र अन्तिम दिन चैत २ गते क्लबले स्थानीय निकाय संग मैत्रीपुर्ण फुटबल प्रतियोगिता गर्दै रोटा सप्ताह समापन गर्ने क्लबले जनाएको छ ।
मार्च १३ लाई मध्यनजरमा राख्दै विश्वभरका रोट्रयाक्ट क्लबहरुले रोटा सप्ताह मनाउने र रोट्रयाक्ट क्लब अफ दमौलीले पनि फागुन २७ गतेदेखि चैत २ गतेसम्म रोटा सप्ताह मनाउन लागेको क्लबका अध्यक्ष विपिन श्रेष्ठले बताए ।
रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्ष रामनाथ भट्टराई, पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ, क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउत लगाएत रोटरी र रोट्रयाक्ट क्लबको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा रोट्रयाक्ट, इन्ट्राक्ट क्लब अफ ज्ञानगंगाका अध्यक्ष सुज्वल खड्का संगै इन्ट्रयाक्ट क्लबका अन्य सदस्यहरु उपस्थिति रहेकोे थियो ।
कार्यक्रमको संचालन क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउतले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा