तनहुँ । टौवा र धन्सारमा लुकाएर राखेको अवैधानिक सालको चिरान काठ चोरी गर्ने एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं ८ बस्ने बस्र वर्ष ५२ को लक्ष्मी प्रसाद न्यौपाने रहेको प्रहरी जनाएको छ ।
न्यौपानेले अवैध रुपमा सालका काठहरु चोरी गरी आफ्नो टौवा मुनि तथा धन्सारमा समेत लुकाई छिपाई राखेका थिए ।
सोमबार उक्त स्थानमा प्रहरी टोली खटी गई स्थानिय मानिस, जनप्रतिनिधी तथा वन कार्यालयका कर्मचारी समेतको रोहबरमा लक्ष्मी प्रसाद न्यौपाने लाई काठ सहित प्रहरीले पक्राउ गरेको हो ।
न्यौपानेले प्रयोग गर्दै आएको बुद्धि बहादुर सार्कीको धन्सार भित्र लुकाई छिपाई राखेको ३६ थान र निजको टौवा मुनि लुकाई छिपाई राखेको १६ थान गरी जम्मा ५२ थान १२२.९२ क्युफिट अवैध सालको चिरान काठ फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाहले जानकारी दिए ।
उक्त अवैध काठलाई बरामद गरी अवैध चोरीको काठ लुकाई छिपाई राख्ने लक्ष्मी प्रसाद न्यौपानेलाई नियन्त्रणमा लिई थप अनसुन्धान एवँ कार्वाहीको लागी सव डिभिजन बन कार्यालय भानु तनहुँमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’