रञ्जन अधिकारी पोखरा, १७ कार्तिक / सडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भए । गत साउन २६ गते पोखरा ११ रानीपौवामा भएको दुःखद दुर्घटना थियो ।
विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने । बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि उनको निधन भएको छ ।
स्थानीयले तत्काल उद्धार गरी ट्याक्सीमार्फत हस्पिटल लगिएको थियो । महेन्द्रपुल हुदै रानीपौवा तर्फ जाँदै गरेको ग ६ प ८१२८ नम्बरको मोटरसाइकल चालक बस्ताकोटी माथि तार खस्दा ज्यानमा करेन्ट प्रबाह भइ आगो बलेको थियो ।
घाइते बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयका शिक्षक हुन् । पोखरा १७ बस्ने उनी राष्ट्रिय माविमा पनि आबद्ध थिए । गम्भिर लापरबाही विरुद्ध शिशु निकेतन विद्यालयका शिक्षक र विद्यार्थीले पोखरा लेखनाथ महानगरपालिका ५ मा रहेको विद्युत प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका थिए।

उनीहरुले दोषीलाई कडा कार्वाही, निःशुल्क उपचार तथा उचित न्यायको मागको माग राखेका थिए ।

सम्बन्धित खबर
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा