पोखरा । अत्याधिक रुचाइएको ‘साँइली’ गीतमा साँईलीनै नाम राखेर चलचित्र निर्माण भएको छ । यहि चैत्र १५ गतेबाट चलचित्र प्रर्दशन हुँदै छ । सोहि दिन युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ पनि प्रदर्शनमा आउँदैछ ।
चलचित्र प्रर्दशन मिति नजिकिदै गर्दा साँईली युनिटले आफ्नो प्रचारप्रसार तीब्र पारेको छ । प्रचारप्रसारको क्रममा पोखरा आएको साँइली टिमले पोखराका सञ्चारकर्मीहरुसँग साक्षात्कार गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका मूख्य पात्र मेनुका प्रधानले (साँईली) ले चलचित्रको कथामा आफ्नो अभिनयले वास्तविकत्ता दर्शाएको अनुभूत भएको बताएकी छिन् ।
चलचित्रमा साँईलाको भुमिकामा रहेका गौरव पहारीले आफु बाहेक सबै कलाकार थिएटरकै रहेको बताए । गीतलाई मन पराए जस्तै चलचित्रलाई पनि दर्शकले रुचाउनेमा उनी ढुक्क छन् ।
यस्तै, साँइलीमा साईलाको साथीको भुमिकामा देखिएका अभिनेता दयाहाङ राईले चलचित्र हेर्न जाँदा धेरै अपेक्षा सहित हेर्न नजान अनुरोध गरेका छन् । ‘‘हामी धेरै अपेक्षा गरेर चलचित्र हेर्न जान्छौँ ।’’ उनले भने – ‘‘चलचित्र रमाईलोको लागि हेरिन्छ जुन रमाईलो तपाईले साँइलीमा पाउनुहुन्छ ।’’
चलचित्रका सँगीतकार कालीप्रसाद बास्कोटाले साँइलीको गीतलाई एक बिम्बको रुपमा परिभाषित गरे । जुन बिम्बलाई तल माथि नहुने गरि चलचित्र निर्माण गरिएको उनले बताए । चलचित्रका अर्का कलाकार जो साइलीको ससुराको भुमिकामा देखिएका छन्, प्रकाश घिमिरेले साँइली नारीप्रदान चलचित्र भएको उल्लेख गरे ।
दर्शकको अत्याधिक माया पाएको साइली पात्रले चलचित्रको निर्माण गरेको हेमन्तले बताए । जीएच इन्टरटेन्मेन्ट प्रालीले निर्माण गरेको साइलीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा कथा पनि उनकै छ ।
गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिङ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको पनि लगानी रहेको छ । चलचित्रको छाँयाकन पोखराको हेम्जा र घाचोकको रमणीय ठाँउहरुमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Pic. Jukson.com
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने