तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीमा डिआरआर भिजिट कार्यक्रम सोमबार सम्पन्न भएको छ । रोटा वर्ष २०१८/१९ का डिआरआर गौतमले क्लबका गतिविधि बारे बुझेका थिए ।
क्लबका अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लबका डिरेक्टरहरु, सचिव र कोषाध्यक्षले आ-आफ्नो रिपोर्ट डिआरआर समक्ष प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्लबका क्लब सर्भिस डिरेक्टर रबि अधिकारिले क्लब भित्र भएका कार्यक्रमका बारेमा डिआरआर लाई जानकारी गराएका थिए । त्यस्तै क्लबका कम्युनिटि सर्भिस डिरेक्टर मदन तिमल्सेनाले समुदायमा क्लबले गरेका कार्यक्रमका बारेमा डिआरआर लाई जानकारी गराएका थिए ।
त्यसैगरी क्लबकी इन्टरनेशनल सर्भिस डिरेक्टर शुभद्रा मल्ल ठकुरीले क्लबले अन्तराष्ट्रिय रुपमा क्लबले गरेका कार्यक्रमका बारेमा डिआरआर लाई बताएकी थिइन । त्यस्तै प्रोफेशनल डेभलभमेन्ट डिरेक्टरको रिपोर्ट भने क्लबका सभामुख धिरज श्रेष्ठले प्रस्तुत गरेका थिए ।
त्यस्तै क्लबका कोषाध्यक्ष राजुकुमार श्रेष्ठ र सचिव सुशान्त अधिकारिले पनि आ-आफ्नो रिपोर्ट डिआरआर गौतम समक्ष प्रस्तुत गरेका थिए ।
डिआरआर गौतमले क्लब लाई केहि सुधार गर्नुपर्ने सुझाब समेत दिएका थिए । गौतमले क्लबको क्रियाकलाप रोट्रयाक्ट नेपालको वेबसाइटमा राख्नुपर्ने बताएका थिए । रोट्रयाक्ट क्लब अफ दमौलीको बैठक बस्ने तरिका, डकुमेन्ट राख्ने तरिका समेत उत्कृष्ट रहेको डिआरआर गौतमले बताए । क्लब मिडिया संग समेत धेरै अगाडि रहेको पाएको गौतमले बताए ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष सन्तोष श्रेष्ठ, निवर्तमान अध्यक्ष शिखरलाल डोटेल र क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत क्लबकी उपाध्यक्ष सन्जु घलेले र धन्यवाद क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउतले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्